२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाओवादी केन्द्रीय समितिको बैठक जारी



अ+ अ-

काठमाडौं, २८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा जारी रहेको छ । दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठकमा रिपोर्टिङ, अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डबाट प्रतिवेदन प्रस्तुत गर्ने, महाधिवेशन बारे, संविधान निर्माण सम्बन्धी, कार्यविभाजन बारे छलफल हुने बताईएको छ । बैठक बिहान ११ बजे भनिएकोमा उच्च नेतृत्वबीच बैठकका थप एजेण्डाका बारेमा छलफल गर्नुपर्ने भएकाले आज १ बजेलाई सारिएको हो ।

आज बिहान पार्टीको स्थायी समिति बैठकले आजको केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डाका बारेमा छलफल गरेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले तयार गरेको राजनैतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने महासचिव कृष्णबहादुर महराले बताए।