• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

एमाओवादी केन्द्रीय समितिको बैठक जारी



काठमाडौं, २८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा जारी रहेको छ । दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठकमा रिपोर्टिङ, अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डबाट प्रतिवेदन प्रस्तुत गर्ने, महाधिवेशन बारे, संविधान निर्माण सम्बन्धी, कार्यविभाजन बारे छलफल हुने बताईएको छ । बैठक बिहान ११ बजे भनिएकोमा उच्च नेतृत्वबीच बैठकका थप एजेण्डाका बारेमा छलफल गर्नुपर्ने भएकाले आज १ बजेलाई सारिएको हो ।

आज बिहान पार्टीको स्थायी समिति बैठकले आजको केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डाका बारेमा छलफल गरेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले तयार गरेको राजनैतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने महासचिव कृष्णबहादुर महराले बताए।