केहि समय पहिलादेखि बलिउड अभिनेत्री ऐश्वर्या रायको कमब्याक चलचित्र जज्बामा जर्बदस्त एक्शन सिन हुनेछ भन्ने समाचारको निर्देशक संजय गुप्ताले खण्डन गरेका छन् । उक्त चलचित्रमा ऐश्वर्या एक वकिलको भूमिकामा देखिने पनि संजयले खुलाए ।
दमदार भूमिकामार्फत कमब्याक गर्ने सोचमा रहेकी ऐश्वर्यालाई जब्बा बाहेक अन्य दुई चलचित्र गर्न अफर आईरहेको छ । स्वयम् ऐश्वर्या भने यी तीन चलचित्र मध्य कुन चलचित्रबाट कमब्याक गर्दा राम्रो हुन्छ भन्ने कुराको टुङ्गो लगाउन नसक्दा तीनै चलचित्र फ्लोरमा जान सकिरहेका छैनन् ।
उनलाई कमब्याक गर्न अफर आएका अन्य दुई चलचित्र हुन् सुजाय घोषको दुर्गा रानी सिंह र पैकाश झाको गंगाजल -२ । जब्बा र गंगाजल- २ मा ऐश्वर्यालाई प्रहरी अधिकृतको भूमिकामा देखाउन खोजिएको छ । ऐश्वर्याले आफ्नो यसअघिका कुनैपनि चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छैनन् । अर्को चलचित्र दुर्गा रानी सिंह पनि नारीप्रधान चलचित्र भएकोले उनको भूमिका दमदार नै रहने बताइएको छ ।
यी तीन चलचित्र मध्य कुन चलचित्रले ऐश्वर्यालाई कमब्याक गराउन सफल हुन्छन् छिट्टै पत्ता लाग्नेछ । किनकी ऐश्वर्य अब छिट्टै कुन चलचित्रमार्फत डेब्यस् गर्ने भन्ने टेङ्गो लगाएर छिट्टै फ्लोरमा जान इच्छुक रहेको बताएकी छिन् । चलचित्र गंगाजलको लागि नायीका काजोल अग्रवाललाई पनि अफर गरिएको कुरा बाहिरिएकोले यसलाई ऐश्वर्यले त्यति महत्व नदिन सक्ने चर्चा बलिउडमा चलेको छ ।