२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै माओवादीको एकता अपरीहार्य -गुरुङ



अ+ अ-

नेकपा–माओवादीका सचिव देव गुरुङले माघ ८ मा कुनैपनि हालतमा संविधान नबन्ने बताएका छन् । बिजुवारमा भएकोे पत्रकारसम्मेलनमा उनले सत्तापक्षको आन्तरिक विवादका कारण नै संबिधान नबन्ने बताएका हुन् । “सत्ता पक्षले विपक्षलाई मिलाउन नसक्ने पक्का छ”–उनले भने–“सत्ता साझेदार दल काँग्रेस र एमाले बीचमा सरकार बदल्ने भन्दै आन्तरिक विवाद सुरु भइसकेको छ ।”

जनताले जनपक्षीय संबिधानलाई मात्र मान्ने भन्दै उनले अहिले कुनै कारणवश संविधान आए पनि त्यसलाई स्वयम् जनताले नमान्ने दाबी गरे । अर्को एक प्रसङ्गमा उनले आफूहरुले एमाओवादी र विप्लवको माओवादीमा नभई उनीहरु आफ्नो पार्टीमा समाहित हुन आउनुपर्ने जिकिरसमेत गरे ।

कमजोर–कमजोर एक हुने समय आएको भन्दै उनले एमाओवादीसँग विभाजन भएको दिनलाई सङ्केत गर्दै पार्टी विभाजन भएपछि सबै समूह सोचेभन्दा कमजोर भएको बताए । “एमाओवादीले जनयुद्धका मुद्दालाई सम्बोधन गर्ने र नेत्रविक्रम चन्द ‘विप्लव’ले पदको लोभ त्याग गरे पार्टी एकता हुन्छ”–उनले भने–“अब सबै माओवादीको एकताबिना केही पनि सम्भव छैन ।”