९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै संविधान जारी नभए दुर्भाग्य – नेम्वाङ



अ+ अ-

काठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलता आवश्यक भएको बताएका छन् ।

उनले भने “जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, समयसीमा नजिकिँदो छ यसलै म दल र तिनका नेतालाई थप क्रियाशील हुन आग्रह गर्दछु ।”

नेपाल रेडक्रस सोसाइटीद्वारा संसद्सँग रेडक्रस विषयक आज आयोजित छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई छिटो सहमतिमा पुग्न आफूले बारम्बार आग्रह गर्दै आएको चर्चा गर्दै अब पनि निर्धारित मितिमा संविधान जारी नहुने हो भने यो भन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने धारणा राखे ।