१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना कम गर्न ताजगी केन्द्र स्थापना



अ+ अ-

उदयपुर, ४ पुस । लामो दूरीको यात्रामा सवारी चालकको थकान तथा तनावको कारण सवारी दुर्घटना हुने क्रम बढ्दै गएपछि उनीहरुलाई विश्राम गर्न सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसे गाविसको बेतेनीमा पहिलो पटक ताजगी केन्द्रको स्थापना गरिएको छ ।

उदयपुरको कटारी हुँदै बेतेनी तथा घुर्मी भएर ओखलढुङ्गा तथा खोटाङ जिल्लासम्म सञ्चालन हुने लामा दूरीका सवारी चालकका लागि केही समय भएपनि आराम गर्न र तरोताजा बन्न बेतेनीमा ताजगी केन्द्रको स्थापना गरेको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीले बताएको छ ।

पुस २ गतेदेखि बेतनीमा औपचारिक रुपमा ताजगी केन्द्र सञ्चालनमा ल्याइएको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीका प्रमुख शत्रुधन कार्कीले बताए । यस केन्द्रमा भौतिक पूर्वाधार पूर्ण रुपमा तयार नभएसम्म बेतेनी बजारका स्थानीयवासीले सवारी चालक तथा यात्रुलाई समेत शौचालय, पानी प्रयोग गर्न दिने र खाजानास्ताको समेत व्यवस्था गर्ने भएको छ ।

केही समयमा पछिनै स्थानीय गाविस तथा हिमाली यातायात व्यवसायी सङ्घ कटारीको पहलमा आराम गर्ने घर तथा छुट्टै खानेपानीको धारा र शौचालयको व्यवस्था गर्न लागिएको बताइएको छ ।

अब सिद्धिचरण लोकमार्गअन्तर्गत सञ्चालन हुने साना तथा ठूला जुनसुकै सवारीका साधनले पनि दैनिकरुपमा सिरिसेको बेतेनीमा कम्तीमा पनि पाँच मिनेटसम्म सवारी रोकेर चालकसहित यात्रुले समेत आराम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

ताजगी केन्द्रको नियम नमान्ने सवारीका चालकलाई कारबाही गरिने प्रावधानसमेत रहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।