५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

थाईल्याण्डमा ‘भिजिट लुम्बिनी, हेल्प नेपाल’ अभियान

थाईल्याण्डमा ‘भिजिट लुम्बिनी, हेल्प नेपाल’ अभियान
अ+ अ-

भैरहवा । गत बैशाखमा गएको भुकम्पपछी धरासायी बनेको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यले थाईलयाण्ड भ्रमणमा गएको लुम्बिनी क्षेत्रका ब्यवसायीहरुले बैंककमा लुम्बिनी तथा बौद्ध सम्पदाहरुको फोटो प्रदर्शनी गरेका छन् । लुम्बिनी सहीत नेपालको पर्यटन क्षेत्रका बारे बौद्धमार्गी र अन्यलाई नेपाल सुरक्षित पर्यटकीय गन्तब्यको रुपमा सन्देश दिन सिद्धार्थ होटल एशोसियसन (हान) लुम्बिनीको नेतृत्वमा बैंकक पुगेको टोलीले फोटो प्रदर्शनी शुरु गरेको हो । कार्यक्रम साताब्यापी चल्नेछ ।
थाईल्याण्डको प्रसिद्ध बुद्ध मन्दिरवाट साकेटबाट सुरु भएको प्रदर्शनी तथा कार्यक्रम बैंककको प्रसिद्ध पर्यटकिय क्षेत्र सलाम लुवाङ्गमा मंगलबारसम्म जारी रहेको थाईल्याण्डबाट पत्रकार चेतन पन्तले टेलिफोनमा जानकारी दिनुभयो ।
साकेट मन्दिरमा प्रदर्शनीको उदघाटन गर्दै  उप प्रमुख परमहा नोफानले लुम्बिनी सहीत अन्य पर्यटकिय स्थल सुरक्षित रहेको चर्चा गर्नुभयो । लुम्बिनीमा भूकम्पको कुनै असर तथा खतरा नरहेको साथै स्वर्णभुमिका रुपमा रहेकोले थाई जनतालाई लुम्बिनी सहीत नेपालको भ्रमण गर्दै सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
थाईल्याण्डका पुर्ब स्वास्थ्यमन्त्री कुनिक सुदारत, क्युरफानका तर्फबाट प्रतिनिधी टम क्रियुपसनले लुम्बिनीका बारे सकारात्मक सन्देश दिन थाई जनताले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले महाभुकम्पले नेपालका केही ठाउँमा क्षेती भए पनि पर्यटकिय क्षेत्रहरुमा कुनै प्रभाब नपरेको र यस बिषम परीस्थितीमा नेपाल भ्रमण गरी सहयोग गर्न आग्रह गर्नुभयो र्।   लुम्बिनी सहीत देशभरीका पर्यटकिय स्थलमा आउने पर्यटकहरुलाई सेवा र सुबिधा प्रदान गर्न सक्षम रहेको अध्यक्ष श्रेष्ठले दावी गर्नुभयो ।
प्रदर्शनीमा संचारकर्मि तथा लुम्बिनीका प्रचारक अभियन्ता चेतनपन्तद्धारा तयार गरीएका लुम्बिनी सहीत बौद्ध क्षेत्रका १ सय १० वटा तस्बिर  तथा लुम्बिनी तथा कपिलबस्तु सम्बन्धी तयार गरीएको बृत्त चित्र प्रदर्शनी भएको छ ।
कार्यक्रममा पत्रकार पन्तले लुम्बिनीको बिकाशका लागी अन्य समयमा थाई सरकार र जनताले  बिकाशका लागी  गरेको कामको सह्राना गर्दै पर्यटन क्षेत्रमा परेको अप्ठेरोबेलामा सघाउन आग्रह गर्नुभयो ।
टोलीले बैंककमा  रहदा नेपाली दुताबास, त्यहा रहेका गैर आबाशिय नेपाली, थाई नेपाली र नेपाललाई माया गर्ने थाईल्याण्डका बासिन्दासंग पनि लुम्बिनीको पर्यटन प्रबद्र्धनमा सघाउन छलफल तथा अन्तरकृया आयोजना गर्ने फोटो प्रदर्शनी कार्यक्रम बैंककका संयोजक लुम्बिनी बिकाश कोषका पुर्ब सदस्य प्रबिण शाक्यले बताए ।
गैरआबाशिय नेपाली संघ एनआरएन थाईल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले यस किसीमको कार्यत्रलमले नकारात्मक सन्देश हटाई सकारात्मक सन्देश प्रबाह गरेको जनाउदै आफुहरुले पनि सस्थागत रुपमा सक्दो प्रयास गरीरहेको बताउनुभयो ।
‘भिजिट लुम्बिनी, हेल्प नेपाल’ नाराका साथ नेपालबाट सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा आएको  थाईल्याण्ड रहेको टोलीमा सानका बरीष्ठ उपाध्यक्ष बिष्णु गौतम, उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री, सदस्यहरु निर्मल श्रेष्ठ, प्रबिण शाक्य, श्रीचन्द गुप्ता ,संचारकर्मि मनोरञ्जन शर्मा, शंकर पाण्डे तथा फोटोग्राफर उमंग पन्त रहेका छन् ।