२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

नेपालमा महिला म्यागेजिनको प्रकाशन अवस्था

नेपालमा महिला म्यागेजिनको प्रकाशन अवस्था
अ अ+ अ-

-अर्जुन पन्थी

२००८ सालमा कुमारी कामाक्षी र कुमारी साधना प्रधान सम्पादीका भएको र नेपाल महिला संघले प्रकाशित गरेको महिला नामक म्यागेजिन नेपालको पहिलो महिला म्यागेजिन हो । त्यसपछि प्रतिभा २००९ स्वास्नीमान्छे ¬¬२०१५ र चेतना २०१८ सुरुवाती हिसाबले महिला पत्रकारिताको इतिहासमा अग्रणी पत्रिका मान्न सकिन्छ । मार्टिन चौतारीको पुस्तकालयमा रहेका महिलासम्बन्धि म्यागेजिन संकलनको आधारमा महिला २००८ बाट गन्ती शुरु गर्ने हो भने २०६७ साल भदौमा निस्केको महिला चिन्तन पत्रिकासम्म झण्डै ५३ प्रकारका महिला म्यागेजिनहरु प्रकाशन भएका छन् । यतिका धेरै महिला सम्बन्धि म्यागेजिन प्रकाशित भएपनि यो नेपालमा हालसम्म प्रकाशन भएका जम्मा म्यागेजिनको एक प्रतिशत हुन आउँछ । यो चाहिँ मदन पुरस्कार पुस्तकालयमा रहेको पेरियोडिकल्सको आधारमा भनिएको हो । २०६७ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय मदन पुरस्कार पुस्तकालय राष्ट्रिय पुस्तकालय मार्टिन चौतारी पुस्तकालयमा गरेको एक अध्ययनको अनुमान अनुसार २०४७ साल यता प्रकाशित हुने म्यागेजिनको संख्या झण्डै २००० छ । यो अनुमानित तथ्याङ्कलाई आधार मान्ने हो भने महिला सम्बन्धि म्यागेजिन जम्मा म्यागेजिनको २।५ प्रतिशत मात्र प्रकाशित भएको छ ।
महिला २००८ देखि यताका विभिन्न म्यागेजिनलाई कस्ले प्रकाशन गर् यो भन्ने आधारमा छुट्टाउने हो भने ३ प्रकारमा मोटामोटी विभाजन गर्न सकिन्छ । पहिलो महिलासम्बन्धि म्यागेजिन प्रकाशन गर्ने निकाय पार्टी निकटका महिला संघ संगठनहरु हुन् । अहिलेसम्मका ५३ प्रकारका म्यागेजिन निस्केको आधार मान्ने हो भने १९ प्रकारका म्यागेजिन पार्टी निकट महिलाले निकालेका छन् । दोस्रो विभिन्न गैरसरकारी संघसंस्थाहरु छन् । त्यस्ता संघसंस्थाहरुमा अस्मिता प्रकाशन गृह अस्मिता २०४५ अन्तर्राष्ट्रिय महिला शान्ति स्वतन्त्रता संगठन नेपाल शाखा महिला सन्देश २०४९ हिमराइट्स र इन्हुरेड छोरी २०५८ महिला पुर्नस्थापना केन्द्र चेलीको व्यथा २०५४ आदि छन् । तेस्रो तथा सबभन्दा धेरै महिला म्यागेजिन प्रकाशन गर्ने समुह चाहिँ नीजि वा व्यक्तिगत संघसँस्था नै हुन । २०४६ सालको परिवर्तन पछि नीजि संघसंस्थाहरुले निकालेका म्यागेजिनहरुको प्रकाशनक्रम बढेको छ । २०४८ सुश्री शोभा श्रेष्ठले प्रकाशन गरेको नयाँ अभियान २०४९ सालमा रमा िसंह प्रधानसम्पादक भएको ऋचा म्यागेजिन २०४६ सालपछिका सुरुवाती म्यागेजिनहरु हुन् ।
बामपन्थीको लगाव र निरन्तरता महिला म्यागेजिनमा प्रशस्त भेटिन्छ । प्रगति म्यागेजिन पहिलो वामपन्थी महिला म्यागेजिन हो । स्वास्नीमान्छे पनि प्रगतिशिल खेमामा रहेर लेख्ने शशीकला शर्मा र श्यामप्रसाद शर्माको पनि योगदान छ भनिन्छ । यसमा त्यस्तो पार्टी सम्बन्धि व्याख्या विश्लेषण त भेटिँदैन । संघर्षशील महिलाका बारेमा लेखिएका फाट्टफुट्ट रचना बाहेक प्रायः कविता कथा निवन्ध एकाङ्की समाचारहरु छापिएका छन् । यद्यपि म्यागेजिनको प्रत्येक विधाहरुमा महिलाको प्रसङ्गलाई जोड्नु चाहिँ यसको बाध्यता जस्तै छ । समाचारहरुमा पनि यस्तो ढाँचा भेटिन्छ । २०१७ असोजमा बीपी कोइरालाको मन्त्रीमण्डलकी सदस्य द्वारिकादेवी ठकुरानीको नेतृत्वमा ३ जनाको प्रतिनिधि मण्डल रसिया गएको थियो । व्यवस्था परिवर्तन भएपछि चार महिना पूरानो समाचारलाई आइमाईको नेतृत्वमा विदेश भ्रमण भनेर छापिएको थियो । त्यसैगरी ुयो वस्रको प्रवेशिकामा ५०० आइमाईु ुसम्सदीय शिष्टमण्डलमा आइमाईु पनि जस्ता समाचारहरु यसले छाप्ने गरेको छ । यसरी तत्कालिन अवस्थाका म्यागेजिनहरुमा महिलाको प्रसङ्ग जोडिएको पाइन्छ ।
२०४० सालमा प्रकाशित भएका नारीवादी महिलाहरुले निकालेको म्यागेजिनमा नेपाली नारीको सामाजिक अवस्था र उनीहरुलाई जागरण ल्याउने खालका विषयवस्तुहरु प्रकाशित गरेका छन । नारी मुक्ति २०४० म्यागेजिनको पहिलो अङ्कमा सुरुको विषयवस्तु ुरातो तलाऊ भन्ने एउटा इरानेली कथा छ । यो कुर्दिस्तानको स्वतन्त्रताको निम्ति जीवन अर्पण गर्ने महिलाको कथा हो । त्यस्तै ुमाया बाहिर निस्कु ुदिदी तिमी उठु जस्ता कविताहरु छन् । महिला सम्बन्धि राजनीतिक र सैद्धान्तिक प्रश्नको उत्तर दिने कोशिस यी पत्रिकाहरुले गरेका छन् । यस्तो स्तम्भको एउटा प्रश्न नेपाली महिलाको सामाजिक अवस्था किन कमजोर छ भन्ने छ । सम्प्ाादिकाका अनुसार नेपालमा महिलाले चुलो चौको बच्चा हुर्काउने र घाँस दाउराको काम गर्छन । ति कामहरु उत्पादनशील काम होइनन् । उत्पादनशील काम त पुरुषले गर्छन । त्यसैले महिला उनीहरुसँग निर्भर हुन्छन् र उनीहरुको आर्थिक हैसियत कमजोर बनेको हो ।ू महिलालाई सम्पत्ति अधिकार र घर बाहिरका कामहरुमा पहुँच हुन सक्यो भने विवाह जस्ता कुराको निर्णय महिला आफैले गर्न सक्छिन र परिवारमा उनको प्रभावकारी स्थान हुन्छ भन्ने तर्क पत्रिकाकी सम्पादीका मुक्ता श्रेष्ठको छ । यसरी माक्स्रवादी ढाँचाबाट म्यागेजिनले प्रश्नोत्तर गरेका छन् । यो म्यागेजिनमा ुसुमित्रा काँढाुले ुएउटी स्वास्नीमान्छेको अन्तर्वार्ताु कविता लेखेकी छन् । पत्रिकाकी सम्पादक मुक्ता श्रेष्ठका अनुसार उनी पारिजात हुन् । यस कवितामा उनले त्यतिबेला महिलाको सामाजिक अवस्थाको बारेमा उल्लेख गरेकी छन् । उनको दुई पेज लामो कवितामा महिलाको सामाजिक अवस्थाको बारेमा थुप्रै विषय भेटिन्छ ः
ज्यू
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडौरी गुन्यू
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको
त्यो त हजुर आएको गएकै थाहा छैन काँढा २०४० ः १५ ।
यो त कविताको पहिलो अंश हो । अरु अंशमा काँढाले त्यतिबेलाको समाजमा महिलाले लोग्नेलाई जग्गेमा मात्र देख्ने विहेपछि महिलाले पुरुषको गोडाको पखालेको पानी खानुपर्ने महिला आफ्नो पुरुषसाथी सित सिधा आँखा जुधाएर हेर्नु नहुने जस्ता संकेत नेपाली समाजमा भएको कुरा उल्लेख गरेकी छन् । आफ्नो माइती वालककालमा देखेको सपना जस्तै लाग्ने आफ्नो जोवन मुखियाको बारीमा हुर्केको फुलमा हेर्नुपर्ने जस्ता शब्दहरुद्वारा कविता संरचित गरिएको छ । यो कवितालाई त्यतिबेला नेकपा चौमका नेता श्याम श्रेष्ठले पारिजातसँगबाट मागेर नारी मुक्तिमा छाप्न लगाएका थिए । उनका अनुसार त्यतिबेला नारीमुक्ति महिला आन्दोलनको उपज थियो । नेकपा माले र नेकपा चौमका महिलाहरुको सकि्रयतामा नारीमुक्ति निस्किएको थियो ।
२०४६ सालपछिको समयमा नारी आन्दोलनलाई निरन्तर रुपमा कुनै पार्टीको तर्फबाट नभई पत्रिकाको मार्फत झकझकाउने काम चाहिँ अस्मिताले गरेको छ । सुसन मास्के र अाजु क्षेत्रीले अस्मिता २०४५ सालमा सुरुवात गरेका थिए । सुरुमा यसले ुविचारशिल महिलाहरुको विशिष्ट पत्रिकाु भनेर आवरण पेजमा लेखेको थियो । यसले विचारशील महिलाको मात्र पत्रिका भन्ने अर्थ दिन पुग्यो । पाठकले यसलाई विचारसुन्य वा विचारोन्मुख महिलाहरुको बारेमा तपाइँको पत्रिकाले के सोँचेको छ भनेर प्रश्न गरेपछि अस्मिताले अङ्क ७ देखि नै ुनेपाली महिलाहरुको सम्पूर्ण पत्रिकाु भनेर अथ्र्याउन थाल्यो । यसरी अस्मिताले सुरु देखि नै आफू कस्तो पत्रिका हुने भन्ने अभ्यास गर्दै आएको देखिन्छ । विषयवस्तुका आधारमा अस्मिताको परिचय नेपाली पत्रकारिता जगतमा आलोचनात्मक महिलावादी पत्रिकाको रुपमा रहेको छ । तर सुरुका अङ्कहरुमा अस्मिता त्यस्तो देखिँदैन । सुरुका अङ्कहरुलाई अस्मिताले नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न सजिलै सकेको छैन । सुरुका अङ्कका केही विषयवस्तुलाई हेर्दा त्यो देखिन्छ । अस्मिताको पहिलो अङ्कमा गृहसज्जा गृहणीसित एकछिन खाना÷चमेना सौन्दर्य सम्बन्धी जानकारी सिलाई बुनाई सम्बन्धी स्तम्भ आदि समावेश गरेको छ । मिना आचार्यले अस्मिताको पहिलो अङ्कमा शुभकामना दिँदै लेखेकी छन् यस्ता स्तम्भले चाहिँ नारीवर्गबारे रुढीवादी स्वरुपलाई तोड्न खोज्नुको सट्टा झन त्यसलाई बलियो पार्छू । अस्मिताको पहिलो अङ्कको ुघरेलु उपचारु भन्ने स्तम्भमा लेखिएको छ ूतपाईको श्रीमान बढी पिएर आउनु भो र टाउको दुखाईले पिडित हुन लाग्नु भयो भने रक्सीको धेरै सेवनबाट टाउको दुखेको अवस्थामा तातो दुधमा २ चम्चा मह मिलाएर खान दिएमा तुरुन्त साचो हुन्छू । समयक्रममा अस्मिता बदलिएको छ । अस्मिताको २५औँ अङ्कबाट त नेपालका साचार माध्यमहरुको नारीवादी दृष्टिकोणबाट नियमितरुपमा अध्ययन गर्ने र त्यसलाई नियमित स्तम्भ ुसाचार निगरानीु अन्तर्गत राख्ने गरिएको छ । यस्तो निगरानीमा विभिन्न दैनिक साप्ताहिक मासिक पत्रिकाहरु र त्यसमा लेख्ने लेखकहरुलाई पनि राखिएको छ । जस्तो एकजना प्रसिद्ध स्तम्भकार खगेन्द्र संग्रौला एमाले नेता रघु पन्त आदि यस्तो निगरानीमा परेका छन् । लेखिका माजु थापाका अनुसार राप्रपाको ुअवसरवादीु चरित्रलाई उदाङ्गो बनाउन संग्रौलाले रण्डी रखौटी बुढेशकालकी कान्छी जस्ता शब्द प्रयोग गरेका छन यसले उनमा उन्नत संस्कारको अभाव देखिएको छ थापा २०५७ ः ६६ । यसरी २०४५ सालमा रक्सीसेवन गरेर आउने श्रीमानलाई ओखतीमूलोको बाटो बताइदिने अस्मिता २०५० सालपछि अधिकारवादी पत्रिका भएर निस्किएको छ । त्यसैले पनि आलोचनात्मक पत्रिकाको दर्जा पाएको हो ।
महिला प्रतिभा र स्वास्नीमान्छेले पाचायत पूर्वको महिला म्यागेजिनको अवस्थाको अध्ययन गर्न सकिन्छ । पाचायतकालमा निस्केका चेतना महिला बोल्छिन २०२८ यद्यपि यसको चर्चा यहाँ छैन नारी मुक्ति महिला मुक्ति जस्ता म्यागेजिनका विषयवस्तुले पाचायतकालमा महिला म्यागेजिनको स्थिति र यसले पस्कन खोजेका विषयवस्तुको अध्ययन गर्न सकिन्छ । पाचायत पछिका निस्केका महिला म्यागेजिनलाई नारी आन्दोलनलाई समेटिएको अस्मिता र व्यावसायिक प्रतिनिधित्व गर्ने नारी जस्ता म्यागेजिनको अध्ययन दुई खण्डमा गर्न सकिन्छ ।
Source : arjunpanthi.blogspot.com