३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

‘गोर्खाली न्यूज.कम’ को आरम्भ किन ?

‘गोर्खाली न्यूज.कम’ को आरम्भ किन ?
अ+ अ-

नेपालमा छापा सञ्चार माध्यम रङ्गिन कलेवरमा सजिंदैछ । राजधानी केन्द्रित रेडियो र टेलिभिजनहरुको जिल्ला–जिल्लामा पहुँच पुगेको छ । गाउँ–गाउँमा खुलेका सामुदायिक रेडियो जनताको साथी बनेका छन् । अनलाइन मिडियाले विश्वलाई ‘सञ्चारग्राम’ का रुपमा विश्वकै समाचारलाई सकेण्ड भरमै प्रवाह गरिरहेको छ । पछिल्लो समय मिडिया प्रयोगकर्ताको पहिलो सूचनाको श्रोत अनलाइन हुँदैछ । नेपाली पत्रकारिता क्षेत्रमा गोर्खाली न्यूज डट कम पनि थपिएको छ ।

नेपाली मिडियामा शुरु भएको अभ्यासमा हामीले केही नयाँपन, नयाँ सोच र अवधारणाका साथ काम शुरु गरेका छौं । कुनै पनि विषय वा घटनालाई एउटा म्यागेजिन पत्रिकाले झैं अनलाइन प्रयोगकर्ताहरुलाई सो विषयका सम्पूर्ण जानकारी दिन हामीले ‘गोर्खाली न्यूज विशेष’ स्तम्भ शुरु गरेका छौं । स्तम्भमा समाचार, फिचर, लेखरचना, संवाद, वहस, जनमत, दस्तावेजका माध्यमबाट विस्तृत जानकारी दिनेछौं । यो स्तम्भ नै हाम्रो अनलाइनको मुटु हो । यो अनलाइनको कभर स्टोरी पनि हो । शुरुमा हामी यो स्तम्भलाई साप्ताहिक रुप दिनेछौं । आवश्यकता अनुसार अद्र्धसाप्ताहिकहुँदै दैनिक रुपमा स्तम्भलाई अपडेट गर्ने हाम्रो प्रयत्न हुनेछ । यो स्तम्भ समसामयिक सार्वजनिक महत्वको विषयमा केन्द्रित हुनेछ । अनलाइनको अर्को महत्वपूर्ण स्तम्भ ‘हाम्रो पालामा’ हो । जसमा हामीले अग्रज पुस्ता (७० बर्षभन्दामाथिका जेष्ठ नागरिक) का अनुभव÷अनुभूतिहरु समेट्नेछौं । समाजका विभिन्न क्षेत्रमा क्रियाशील ‘पाका ब्यक्ति’ का जीवनका सफलता÷असफलताका साथै विभिन्न विधाहरुका विषयलाई स्तम्भमा समेटिनेछन् । पत्रकारिता, कला, समाज, धर्म–संस्कृति, भाषा, विज्ञान प्रविधि, कानून लगायतका विषयहरुमा केन्द्रित हुनेछन् । अघिल्ला पुस्ताका धारणाहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने हामीले ठानेका छौं । महिलालाई समेटन हामीले ‘आधा आकाश’ स्तम्भ शुरु गरेका छौं । ‘युवा अभियान’ युवा पुस्ताको लागि हो । एकातिर नयाँ संविधानबाट देश संघीय संरचनामा जाँदैछ भने महाभूकम्पका कारण पनि देशले पुनर्निर्माण खोजिरहेको छ । पुनर्निर्माणका मुद्दालाई सम्बोधन गर्न हामीले ‘पुननिर्माण’ स्तम्भ नै शुरु गरेका छौं ।

अनलाइनमा हामीले मनोरञ्जन, साहित्य, विचार÷ब्लग, संवाद, देश, विदेश, अर्थखबर, पर्यटन, कृषि÷वन÷वातावरण, मिडियाका खबर, फिचर, शिक्षा÷स्वास्थ्य, खेल, अनौठो संसार, विज्ञान प्रविधि र अन्तिममा मोडलिङलाई राखेका छौं । अंग्रेजी भाषाका पारखीहरुका लागि छुट्टै ‘इङ्गिलिस’ स्तम्भ छ । जसमा पनि समाचार, राष्ट्रिय, अन्तर्राष्ट्रिय, फिचर, लेख, रिपोर्ट र साहित्य स्तम्भ राखिएको छ ।

वामे सर्दै गरेको नेपाली अनलाइन पत्रकारितामा हामी पनि एउटा इँटा थप्दैछौं । पत्रकारिता क्षेत्रका स्थापित मूल्य मान्यता, पत्रकारिताको नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै अघि बढ्ने हामी प्रण गर्छौं । आफ्नो प्रतिबद्धतामा हामी कहिल्यै विचलित हुनेछैनौं । हरपल हरघडि जनतालाई सु–सूचित गर्ने दायित्वबाट पनि पछि हट्ने छैनौं । हतारमा कुनै पनि निर्णय गरेर फुर्सदमा पछुताउने काम हामी सकभर गर्नेछैनौं । भुलवश गल्ती हुन गएमा हामी गल्ती सच्चाउने तत्परता देखाउन पनि कुनै कसर राख्ने छैनौं । अन्त्यमा हामीले शुरु गरेको पत्रकारिताको यात्रामा तपाईं लेखक, टिप्पणीकार, विज्ञ, अनलाइनका पाठक, विज्ञापन दाता, सञ्चारकर्मी लगायतसम्बद्ध सबैको सहयोगको अपेक्षा गरेका छौं ।

— सम्पादक