३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सद्भाव भड्कन नदिऊ:सांसद



अ+ अ-

काठमाडौं, साउन २९÷व्यस्थापिका–संसदको बैठकमा सांसदहरुले प्रदेशका नाममा भइरहेको आन्दोलन र आन्दोलनका क्रममा भइरहेका सदभाव भड्काउने उत्तेजनापूर्ण अभिव्यक्तिप्रति सरकार र राजनैतिक नेतृत्वको गंभिर ध्यानाकर्षण गराएका छन् ।

शुक्रवारको बैठकको शुरुमै विशेष समय लिएर नेपाली कंग्रेसका सांसद तप्तबहादुर विष्टले प्रदेशको सिमाङ्कनका सम्बन्धमा मध्यपश्चिममा भइरहेको आन्दोलनलाई ध्यान दिन राजनैतिक नेतृत्वले ध्यान दिनु पर्ने भन्दै आन्दोलनका क्रममा घाइतेहरुको उचित उपचार र मृतकको परिवारलाई क्षेतीपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरे ।
नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रदेशको सिमाङ्कनको विषयलाई लिएर कतिपय नेताहरु सुनियोजित रुपमा जातिय र सामुदायिक सदभाव भड्काउन र सोझासाझा जनतालाई उत्तेजित बनाउन लागेका छन भन्दै त्यस्ताप्रति सबै सचेत हुनुपर्ने बताए ।

एकीकृत नेकपा माओवादीका सांसद गणेशमान पुनले आफ्ना अधिकार र पहिचानका लागि जनता आन्दोलनमा आएका छन भन्दै, प्रदेशका नाममा कर्णालीका जनताले उठाएको माग, तथा दलित प्रतिनिधित्वको सुनिश्चित गर्न भएको माग सम्बोधन गर्नेतर्फ राजनैतिक नेतृत्व सचेत हुनुपर्नेमा जोड दिए । सांसद लिलादेवी श्रेष्ठले अधिकारको माग गर्नेलाई दमन गर्ने सरकारको नीति गलत भएको बताइन । सांसद वृजेशकुमार गुप्ताले सदभाव भड्काउने काम स्थानीय जनताले गरेको नभई सरकार र सत्तारुढ दललले गरेको आरोप लगाए । सांसद योगेन्द्र चौधरी र सांसद रिता शाहीलेले प्रदेशको सिंमाकनमा देखिएको जनताको असन्तुष्टिलाई नेतृत्वले समयमै बुझ्नुपर्ने बताए ।