१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुतावासभित्र स्वन्त्रतता दिवस बाहिर कालो झण्डा



अ+ अ-

काठमाडौं साउन ३१÷ भारत–चीनबीच भएको लिपुलेक सम्झौता खारेजीको माग गर्दै शनिवार भारतीय दुतावास अगाडि कालो झण्डा देखाउँदै विरोध प्रदर्शन भयो ।

काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोध प्रदर्शन गरेको हो । दूताबासभित्र भारतको ६९ औं स्वतन्त्रता दिवस मनाइरहँदा दूताबासको पूर्वी ढोका अगाडि ग्रेटर नेपालका कार्यकर्ता र समर्थकहरु उग्र नाराबाजीमा उ
त्रेका थिए । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा रहेका प्रदर्शनकारीहरुले हातमा कालो झण्डा लिँदै भारत विरोधी नारा लगाएका थिए ।

गत मे १५ तारिखका दिन बेइजिङ्गमा चीन र भारतका प्रधानमन्त्रीबीच ४१ बुँदे सहमतिको २८ औं बुँदामा नेपालको लिपुलेकबाट ब्यापारिक नाका खोल्ने सम्झौता भएको थियो । नेपाललाई बिना कुनै जानकारी दुई देशले कुटनीतिक मर्यादा विपरित सम्झौता गरेको भन्दै नेपालमा ब्यापक विरोध भइरहेको छ ।