९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्तीका सभासद् लागे दाङ राजधानी बनाउन



अ+ अ-

काठमाडौं, साउन ३० । संघीय नेपालको पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउन राप्ती अञ्चलका सत्तापक्ष र विपक्षी ३० सभासद्हरुले एकै ठाउँमा उभिने प्रतिबद्धता जनाएका छन् ।

शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमाले उपाध्यक्ष तथा युवराज ज्ञवाली, एकीकृत माओवादीका महासचिव तथा सभासद् कृष्णबहादुर महरा, काँग्रेस केन्द्रिय सदस्य तथा सभासद् दीपक गिरी लगायतका राप्ती अञ्चलका ३० जना सभासद्हरुले दाङ औद्योगिक र व्यापारिक केन्द्र भएकाले राजधानी बनाउन आ–आफ्नो पार्टीभित्र पैरवी गर्ने प्रतिबद्धता जनाएका थिए ।

सभासद्हरुले राप्तीलाई कुनै हालतमा टुक्राउन नहुने भन्दै सल्यान र रुकुमलाई पनि प्रदेश नम्बर ५ मै राख्नुपर्नेमा पनि एकमत जाहेर गरेका थिए ।