२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोसाइँकुण्ड पदमार्ग सुरक्षित छ’



अ+ अ-

रसुवा, साउन ३०, रसुवाको प्रमुख पर्यटकीय केन्द्र गोसाँईकुण्ड जाने पदमार्ग सुरक्षित रहेको जिल्ला प्रसाशन कार्यालय रसुवाले जनाएको छ ।
गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका पराकम्पनपछि गोसाँईकुण्ड जाने पदमार्ग सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । केहि दिनअघि प्रमुख जिल्ला अधिकारी गेलालसहित सहित जिल्लाका सुरक्षा निकायले पदमार्ग अनुगमन गरेका थिए । नजिकिंदै गरेको गोसाँइकुण्ड मेलामा जाने तिर्थालु भक्तजनलाई आवश्यक पर्ने खानेपानी, खाना, वास, स्वास्थ्य उपचार, यातायात, सुरक्षा जस्ता पूर्वाधारको अवस्थाबारे अनुगमन गरिएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार बर्षेनी दशदेखि १५ हजार तीर्थयात्री रसुवा पुग्ने गरेका छन् । गत जेठमा लाग्ने गंगा दशहरा मेलामा भने भूकम्पका कारण तीर्थयात्री नजाँदा गोसाइँकुण्ड पदमार्ग शून्य रहेको थियो ।