९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतका मृतकलाई जनही १० लाख



अ+ अ-

काठमाडौं, साउन ३२ ÷ सरकारले अखण्ड मध्यपश्चिको आन्दोलनका क्रममा सुर्खेतमा निधन भएका ब्यक्तिका परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ ।
आन्दोलनका क्रममा सरकारले व्यवस्था गरेको शान्ति सुरक्षाको अवस्थाबारे संसद बैठकलाई सोमवार जवाफ दिंदै गृहमन्त्री बामदेव गौतमले घाइतेहरुलाईको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था सरकारले नै गरेको जानकारी दिए ।

आन्दोलनको क्रममा सरकारी, सामुदायिक र निजी सम्पत्तिमा क्षति पु¥याएकाले प्रहरीले शान्ति सुरक्षा कायम गर्न न्यूनतम् बल प्रयोग गरेको गृहमन्त्री गौतमले जिकिर गरे ।

संसद बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलराज गिरीले गृहमन्त्रीको अभिब्यक्तिको मन गढन्ते भएको भन्दै आपत्ति जनाएका थिए । त्यसैगरी सांसदहरु ललितजंग शाही र प्रेमबहादुर सिंहले कर्णाली आन्दोलनमा सरकारको दमनको विरोध गरेका थिए । त्यसैगरी सांसदहरु लालबाबु रावत, कल्पना चौधरी र अकवाल अहमद साह र लालबाबु रावतले तराई र मधेशको माग सम्बोधन गर्नेभन्दा आन्दोलन दबाउने नाममा सुरक्षा निकायले ज्यादती गरेको भन्दै आपत्ति जनाएका थिए ।
आजको संसद बैठकमा विनियोजन विधेयक, २०७२ को श्रम तथा रोजगार, उद्योग, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति र महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रालयका विभिन्न शीर्षकहरुमा अहिले छलफल भइरहेको छ ।