१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतका मृतकलाई जनही १० लाख



अ+ अ-

काठमाडौं, साउन ३२ ÷ सरकारले अखण्ड मध्यपश्चिको आन्दोलनका क्रममा सुर्खेतमा निधन भएका ब्यक्तिका परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ ।
आन्दोलनका क्रममा सरकारले व्यवस्था गरेको शान्ति सुरक्षाको अवस्थाबारे संसद बैठकलाई सोमवार जवाफ दिंदै गृहमन्त्री बामदेव गौतमले घाइतेहरुलाईको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था सरकारले नै गरेको जानकारी दिए ।

आन्दोलनको क्रममा सरकारी, सामुदायिक र निजी सम्पत्तिमा क्षति पु¥याएकाले प्रहरीले शान्ति सुरक्षा कायम गर्न न्यूनतम् बल प्रयोग गरेको गृहमन्त्री गौतमले जिकिर गरे ।

संसद बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलराज गिरीले गृहमन्त्रीको अभिब्यक्तिको मन गढन्ते भएको भन्दै आपत्ति जनाएका थिए । त्यसैगरी सांसदहरु ललितजंग शाही र प्रेमबहादुर सिंहले कर्णाली आन्दोलनमा सरकारको दमनको विरोध गरेका थिए । त्यसैगरी सांसदहरु लालबाबु रावत, कल्पना चौधरी र अकवाल अहमद साह र लालबाबु रावतले तराई र मधेशको माग सम्बोधन गर्नेभन्दा आन्दोलन दबाउने नाममा सुरक्षा निकायले ज्यादती गरेको भन्दै आपत्ति जनाएका थिए ।
आजको संसद बैठकमा विनियोजन विधेयक, २०७२ को श्रम तथा रोजगार, उद्योग, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति र महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रालयका विभिन्न शीर्षकहरुमा अहिले छलफल भइरहेको छ ।