• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

एक सय दुई वर्षीया वृद्धालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद



काठमाडौँ, ४ भदौ । सर्वोच्च अदालतले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप लागेका कुमार कामी भन्ने कुम्भबहादुर सुनारलाई १० वर्ष कैद गर्ने फैसलालाई सदर गरेको छ । 

धादिङ जिल्ला अदालतले १० वर्ष कैद गरी पीडितलाई रु ५० हजार भराउने गरी भएको फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेपछि सर्वोच्च अदालत सुनार पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले बिहीबार सुनारले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेकै ठहर गरी १० वर्ष कैद गरी रु ५० हजार जरिवाना गर्ने फैसला गरेको हो ।

विसं २०६६ वैशाख २४ गते राति १२ बजे धादिङ जिल्ला बैरेनी गाविस बेल्खु बस्ने १०२ वर्षकी वृद्धाले सोही ठाउँ बस्ने रामबहादुर दमाईं र कुम्भबहादुरले आफूलाई जबर्जस्ती करणी गरेको भन्ने आरोप लगाई प्रहरीमा जाहेरी दरखास्त दिनुभएको थियो ।

उनीहरुले ती वृद्धालाई करणी गरेको भन्ने विभिन्न प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले सोही जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सो मुद्दा सर्वोच्च अदालतसमक्ष आइपुगेको हो ।

सोही विषयलाई आरोपितमध्ये सुनार मात्र सर्वोच्च अदालतमा आएका हुन् । अर्का आरोपित रामबहादुर पुनरावेदन अदालतकै फैसलामा चित्त बुझाई सर्वोच्च आएका थिएनन् ।

जबर्जस्ती करणी गरेको राति आरोपित कुम्भबहादुर र रामबहादुरले रक्सी सेवन गरी घर जाने क्रममा वृद्धा बसेको गोठमा गएका थिए । भोलिपल्ट ती वृद्धाले आपूmलाई ती दुईले जबर्जस्ती गरेको भनी गाउँलेलाई बताएकी थिइन् ।

आरोपित दुबैजना कारागार कार्यालय, धादिङमा थुनामा रहेका छन् । उनीहरु अब अदालतको फैसला बमोजिम १० वर्ष कैदमा बस्नुपर्ने भएको छ । रासस