२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय दुई वर्षीया वृद्धालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद



अ+ अ-

काठमाडौँ, ४ भदौ । सर्वोच्च अदालतले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप लागेका कुमार कामी भन्ने कुम्भबहादुर सुनारलाई १० वर्ष कैद गर्ने फैसलालाई सदर गरेको छ । 

धादिङ जिल्ला अदालतले १० वर्ष कैद गरी पीडितलाई रु ५० हजार भराउने गरी भएको फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेपछि सर्वोच्च अदालत सुनार पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले बिहीबार सुनारले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेकै ठहर गरी १० वर्ष कैद गरी रु ५० हजार जरिवाना गर्ने फैसला गरेको हो ।

विसं २०६६ वैशाख २४ गते राति १२ बजे धादिङ जिल्ला बैरेनी गाविस बेल्खु बस्ने १०२ वर्षकी वृद्धाले सोही ठाउँ बस्ने रामबहादुर दमाईं र कुम्भबहादुरले आफूलाई जबर्जस्ती करणी गरेको भन्ने आरोप लगाई प्रहरीमा जाहेरी दरखास्त दिनुभएको थियो ।

उनीहरुले ती वृद्धालाई करणी गरेको भन्ने विभिन्न प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले सोही जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सो मुद्दा सर्वोच्च अदालतसमक्ष आइपुगेको हो ।

सोही विषयलाई आरोपितमध्ये सुनार मात्र सर्वोच्च अदालतमा आएका हुन् । अर्का आरोपित रामबहादुर पुनरावेदन अदालतकै फैसलामा चित्त बुझाई सर्वोच्च आएका थिएनन् ।

जबर्जस्ती करणी गरेको राति आरोपित कुम्भबहादुर र रामबहादुरले रक्सी सेवन गरी घर जाने क्रममा वृद्धा बसेको गोठमा गएका थिए । भोलिपल्ट ती वृद्धाले आपूmलाई ती दुईले जबर्जस्ती गरेको भनी गाउँलेलाई बताएकी थिइन् ।

आरोपित दुबैजना कारागार कार्यालय, धादिङमा थुनामा रहेका छन् । उनीहरु अब अदालतको फैसला बमोजिम १० वर्ष कैदमा बस्नुपर्ने भएको छ । रासस