• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो ★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

आधुनिकतासँगै थारु परम्परागत नृत्य हराउँदै



मेनका चौधरी

गुलरिया (बर्दिया), ५ भदौ । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका होटलमा आउने पाहुनालाई थारु नृत्य देखाएर आम्दानी गर्ने बर्दिया ठाकुरद्वाराकी जुनकुमारी चौधरीलाई थारु नृत्य हराउन थालेकामा दुःख लागेको छ ।

विदेशी संस्कृतिको सिको, आधुनिक पढाइलेखाइ, युवामा पुरानो संस्कृति अनुसरण गर्न लाज मान्ने र रोजगारीका लागि बिदेशिने प्रवृत्ति देख्दा उहाँ चिन्तित हुनुहुन्छ । नेपालमा बसोबास गर्ने थारु समुदाय संस्कृति र परम्परामा धनी मानिन्छ ।

सो समुदायका पुर्खाले धेरै प्रकारका नाचगान विकसित गरे पनि आजकाल समुदायमा भएको शैक्षिक प्रगति र बदलिँदो आधुनिकतासँगै थारु नृत्य हराउन थालेको उहाँको बुझाइ छ । उहाँ थप्नुहुन्छ – “हामी युवाहरु पर्यटकीय क्षेत्रका होटलमा नाच देखाएर आम्दानी गर्छौंँ तर महँगा खाले बड्का, कठघोरी, झर्रा र मुडरौवा नाच हिजोआज लोप हुन थालेकामा दुःख लाग्छ ।”

नेपालमा मानव सभ्यताको स्थापनाकालदेखि नै थारु समुदाय बस्दै आएको पाइन्छ । थारु समुदायका सन्तान हाल नेपालका तराईका सबै जिल्ला र पहाडी सहरमा पनि छरिएर बसेका छन् ।

परम्परागत शैली त्याग गर्न नसके राज्यको मूलधारबाट अलग्गिने चिन्ता र समाजको बदलिँदो परिस्थितिसँगै शैक्षिक प्रगतिका कारण हिजोआज थारु समुदायमा परिवर्तन आउन थालेको पाइन्छ ।

पुर्खाहरुले गाईभैँसी चराउन जङ्गलमा गएका बेलामा हातमा लाठी लिएका गोठालाले समय व्यतीत गर्न गरेको क्रियाकलाप थारु समुदायमा लाठी नाचको नामले स्थापित हुन पुगेको बताइन्छ । थारु समुदायमा नाच्ने बेलामा हातमा जे चिज लिएर नाच्ने गरिन्छ त्यस नाचलाई त्यही नाम दिने प्रचलन छ ।

हिजोआज समय र पर्वअनुसार नाचिने सखिया, झुम्रा, लाठी, मयुर, हुर्दुङ्वा, देशौरे, दङ्गाहा र राना थारुहरुमा साझा नृत्य बनेको सूर्यपटुवा गाविसका कुँवर थारुले बताउनुभयो । बडादसैँका अवसरमा नाचिने हुर्दुङ्वा नाच आजकाल देखिन छाडेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

चौधरी भन्नुहुन्छ – “समुदायमा आएको आधुनिक परिवर्तन र वैदेशिक रोजगारीका कारण युवा वर्ग बिदेशिने बाध्यात्मक अवस्थाले पनि थारु नाच हराउँदै जाने कारण बनेको छ ।” थारु नाच जानेका पुर्खाबाट सस्ंकृति हस्तान्तरण र युवाबाट संस्कृति ग्रहण गर्ने परिपाटीमा कमी भएको उहाँ बताउनुहुन्छ । थारु नृत्यको संरक्षण गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो । रासस