६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई झापामा महाधिबेशन गर्न एमाले अध्यक्ष ओलीको निम्ता



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा  महाधिबेशन गर्दा अरु नेताहरु लाई नआत्तिन सुझाब दिनुभएको छ । मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा ओलीले भन्नुभयो 'कोही नेताहरुले कहाँ कहाँ चुनाब लड्दै हिड्छन् त्यहाँ महाधिबेशन गर्न नमिल्ने हो र ? ' उहाँले भन्नुभयो ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । प्रचण्डजीले  झापा आएर महाधिबेशन गर्दा हुन्छ । मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा महाधिबेशन गरेर आफुलाई चुनौती दिन खोजेको बताउदै आउनु भएको छ । दाहालको चिन्ता प्रति ओलीले भन्नुभयो 'उहाँ कहिले रोल्पा , कहिले काठमाडौ , कहिले सिराह कहिले चितवन पुग्नु हुन्छ उहाँ पुगेका ठाउमा अरुले कार्यक्रम गर्न नै नहुने हो र ?'

उहाँले भन्नुभयो 'प्रचण्डजीको चिन्ता एमाले को महाधिबेशनमा भन्दा पनि केही दिन अधि चितवनमा भएको नेकपा मालेको महाधिबेशन प्रति केन्द्रित रहेको हो की । माले पनि माओबादी सिध्याउन चितवन नै आयो भन्ने कुरा हो जस्तो लाग्छ । '