३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता

बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता
अ+ अ-

काठमाडौँ, भदौ ६। ऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जा सङ्कटलाई समाधान गर्न सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार काम अगाडि बढाएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले बूढीगण्डकी आयोजना अगाडि बढाउन तत्काल रु ५८ अर्ब लाग्ने भएपनि कम बजेट विनियोजन भएकाले समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले रु २९ अर्ब सो आयोजनालाई दिन आग्रह ग-यौँ, तर रु तीन अर्ब ३७ करोड विनियोजन भएकाले थप बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।”
उहाँले सो आयोजनाको जग्गा अधिकरणको काम सुरु भएपछि थप बजेट व्यवस्था गरिने र आयोजना अगाडि बढाइने उल्लेख गर्नुभयो । सरकार ठूला र जलाशययुक्त आयोजना अगाडि बढाउन लागिपरेको उल्लेख गर्दै ऊर्जा सङ्कटलाई हल गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
भरपर्दो रुपमा विद्युत् उत्पादन गरी वितरण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि सौर्य ऊर्जा र चिनी मिलबाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अगाडि सारिएको उहाँको भनाइ छ । मन्त्री ज्ञवालीले आगामी हिँउदमा विद्युत्भार कटौती सकेसम्म १० घन्टामा सीमित गर्न प्रयास गरिने बताउनुभयो ।
ग्रामीण विद्युतीकरणलाई तीव्रता दिन उल्लेख्य बजेट वृद्धि, जलविद्युत् आयोजनाको अनुमतिपत्र वितरणमा सुधारको प्रयास गरिएको जानकारी दिँदै मन्त्री ज्ञवालीले ऐनमा नै संशोधन गर्ने प्रक्रिया सुरु गरिएको उल्लेख गर्नुभयो । सामुदायिक तथा अन्य ग्रामीण विद्युतीकरणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको र टान्सफर्मर, प्रसारण लाइन निर्माणलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।

अन्तर बेसिन आयोजना अगाडि बढाइन्छ :  सिँचाइमन्त्री 
सिँचाइ मन्त्री नारायणप्रकाश साउदले मुलुकका सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउन ठोस पहल गरिएको बताउनुभयो । सिँचाइ मन्त्रालयको कुल बजेट रु २० अर्बको हाराहारीमा रहेको जानकारी दिँदै उहाँले नयाँ योजना र कार्यक्रममार्फत थप आयोजना अगाडि बढाइने उल्लेख गर्नुभयो ।

अन्तर बेसिन आयोजनालाई अगाडि बढाएर सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइने उल्लेख गर्दै मन्त्री साउदले ठूलीगाँड–कैलाली, भेरी–बबई, कालीगण्डकी–तिनाउ, सुनकोसी–मरिन, सुनकोसी–कमला र कन्काई उच्च बाँधको निर्माण प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका कारण प्रभाव पर्ने भनिएको सिँचाइ आयोजनाका बारेमा छ महिनाभित्र अध्ययन प्रतिवेदन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । हाल सो सम्बन्धमा अध्ययन चलिरहेको र प्रतिवेदन आएपछि मात्रै आवश्यक निर्णय गरिने जानकारी गराउनुभयो ।

भूमिगत सिँचाइको पर्याप्त दोहन हुन नसकेको उल्लेख गर्दै मन्त्री साउदले तराई मधेसका विभिन्न आठ जिल्लामा खडेरी परेकाले ती जिल्लामा कृषि र सिँचाइ मन्त्रालयले यथोचित निर्णय गर्ने उल्लेख गर्नुभयो । वाग्मती सिँचाइ आयोजना साउदी कोषको सहयोगमा अगाडि बढेको जानकारी दिँदै उहाँले कतिपय जिल्लामा नदी नियन्त्रणको काम अगाडि बढेको सदनलाई जानकारी गराउनुभयो । रासस