२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्रीको देशवासीका नाममा सन्देशः संविधानसभामार्फत संविधान निर्माणमा सरीक हुन आव्हान

प्रधानमन्त्रीको देशवासीका नाममा सन्देशः संविधानसभामार्फत संविधान निर्माणमा सरीक हुन आव्हान
अ अ+ अ-

काठमाडौं,  भदौ  ७ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाट समस्याको हल खोज्न दलहरुलाई आव्हान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै आव्हान गरेका हुन् ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आव्हान गरेका हुन् ।

“राष्ट्र हामी सबैको साझा हो, राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ, यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं”, प्रधानमन्त्री कोइरालाले भने,  “हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौँ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । ”

प्रधानमन्त्रीले संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना नटरेकोले संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह  गरे । उनले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा अपिल गरे ।

प्रधानमन्त्रीले दिएको सन्देशको पूर्णपाठ यसप्रकार छः 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज हामी नेपाली जनताकोे बलिदानीपूर्ण आन्दोलनहरुको परिणाम स्वरुप गठित दोस्रो संविधानसभाबाट शासनको सम्पुर्ण अधिकार जनतामा निहित हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने ऐतिहासिक घडीमा आइपुगेका छौ ।

संविधान बनाउन पहिलो संविधान सभा असफल भए तापनि जनता आफैले आफ्ना अधिकार स्थापित गर्ने अभिलाषाको अन्त्य भएको थिएन । दोस्रो संविधान सभाको निर्वाचनमा जनताद्वारा देखाइएको अभूतपूर्व उत्साह र संलग्नताले यही सत्यलाई प्रकट गरेको थियो । यसर्थ संविधान निर्माणको यो ऐतिहासिक दायित्वबाट यो संविधान सभा विचलिन हुन सक्दैन । यसलाई विचलित हुन नदिन म दृढ संकल्पित छु ।

देशको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमिकताको रक्षाका लागि यस्तो संवेदनशील घडीमा राष्ट्रिय एकता र मेलमिलापको भावना निरन्तर अभिबृद्धि गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।

संविधान निर्माणका विभिन्न वैधानिक र प्रक्रियागत चरण पार गरेको अवस्थामा संविधान निर्माण प्रक्रियाबाट बाहिरिदा समग्र नेपालको शान्ति,स्थायित्व र समृद्धिलाई समेत असर पर्दछ । यसलाई देश र जनताको हितका लागि समर्पित हामी सबैले आत्मसात गर्नैपर्दछ ।

संघीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रो प्रतिबद्धता हो । संविधानमा आफ्नो सम्पुर्ण चाहना र ईच्छा प्रतिविम्बित होस भन्ने अभिलाषा सबैमा चुलिनु स्वभाविकै पनि हो । नेपाली जनताको सही भावनालाई संविधानमा प्रतिबिम्बित गर्नेे राष्ट्रिय दायित्व र कर्तव्य पूरा गर्न हामी शतत् प्रयत्नशील छौ ।

नेपाली जनताको आस्थापुञ्ज संविधान सभालाई सफल बनाउनु हामी सबैको राष्ट्रिय जिम्मेवारी हो । संविधानको निर्माण पश्चात मुलुकको विकास तथा जनताको सुख, शान्ति र समृद्धिका लागि हामीले गर्नु पर्ने कार्यको सूची लामो छ । यसर्थ मुलुकमा शान्ति र स्थिरता कायम गर्दै विकासलाई गति दिन पनि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यथाशीघ्र जारी गरी विधिको शासन,प्रेस स्वतन्त्रता, जनताको मौलिक अधिकारको प्रत्याभूतिलाई संस्थागत गर्नु परेको छ ।

संविधान आफैमा एक गतिशील दस्तावेज हो । जनताले चाहेको अवस्थामा र समयले मागेको बेलामा जनताका मूलभूत मौलिक अधिकार, राष्ट्रिय स्वतन्त्रता,अखण्डता, सार्वभौमसत्ता अकाट्य रहनेगरी संविधानमा समयानुकूल संशोधन गर्ने प्रकृया खुला रहन्छ ।

यो मान्यतालाई आत्मसात गरी मुलुकको भूराजनीतिक संवेदशीलता र धरातलीय यथार्थतालाई मनन गर्दै हामी सबै संयमित र एकताबद्ध हुन आवश्यक छ । शान्तिपूर्ण,सुस्थिर र समृद्ध नेपाल नै क्षेत्रीय र विश्व शान्तिको लागि सहयोगी हुने हामी सबैको अटल विश्वास छ ।

संविधान सबैको साझा दस्तावेज हो । यसले सबैको आस्था र विचारलाई प्रतिबिम्बित गर्नुपर्दछ । संविधान निर्माणका क्रममा पहिलो मस्यौदामा देशभरबाट प्राप्त सुझावहरुलाई संशोधित मस्यौदामा समेटिएको छ । संविधान सभा, संवाद समिति र मस्यौदा समितिमा आएका सुझावहरुलाई समेट्दै संविधानलाई पूर्णता दिन संविधानसभा कार्यरत छ । संविधान निर्माण प्रकृया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रकृयागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना टरेको छैन । यसर्थ संवैधानिक हक अधिकारका लागि वहस गर्ने स्थल संविधान सभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई म हार्दिक आग्रह गर्दछु । त्यस्तै संविधानसभा बाहिर रहनु भएका दलहरुलाई आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पु¥याउन हार्दिक अपील गर्दछु । हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । परिस्थितिको गाम्भिर्यतालाई सबैले बुझिदिनु हुने मैले विश्वास लिएको छु ।
विशाल विविधतामा अनुपम एकता हाम्रो राष्ट्रिय पहिचान हो । आपसी सहयोग र सद्भावबाट नेपाली समाजमा शदियौंदेखि सामाजिक सामञ्जस्यता र सहिष्णुता कायम हुँदै आएको छ । सहमति,सहकार्य ,एकता र मेलमिलापका माध्यमबाटै हामीले मुलुकका सामु उपस्थित जटील समस्याहरुको सामना र समाधान गर्दै पनि आएका छौ ।

यसै सन्दर्भमा हामी सबैले आफ्ना अधिकार र विचार अगाडि राख्दा अरुको अधिकारको पनि संरक्षण र सम्मानको ख्याल गर्नुपर्ने अनिवार्यता छ ।

यसै परिप्रेक्ष्यमा महिला, मधेशी, दलित,आदिवासी,थारु,जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक र सीमान्तकृत समुदाय सहित संविधानमा आफ्नो हकहित संरक्षणको लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुन र आफ्ना मागहरूको शान्तिपूर्ण तरिकाबाट समाधानका लागि वार्तामा संलग्न हुन म हार्दिक आग्रह गर्दछु । संवाद र वार्ताका माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने कुरामा म विश्वस्त छु ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता,सहमति,सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफै निर्धारण गर्न निर्वाचित सविधान सभा मार्फत संविधान निर्माणको यस महाअभियानमा सरिक हुन म संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, जागरुक नागरिक समाज,विद्वत् समुदाय,पेशाकर्मी,व्यपारिक समुदाय सहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान राष्ट्रिय एकताको गाँठो बलियो पार्ने,लोकतन्त्रलाई सुदृढीकरण गर्ने र आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्ने ऐतिहासिक र महत्वपूर्ण दस्तावेज हुनेमा म दृढ विश्वस्त छु ।

राष्ट्र हामी सबैको साझा हो । राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ । यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं ।

धन्यवाद !