६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दले पेट्रोलको भाउ बढ्यो



अ+ अ-

सप्तरी, भदौ  ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्द आज दशौँ दिन पनि सप्तरीमा जारी छ । यहाँको जनजीवन थप कष्टकर बनेको छ । 

सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले तराई मधेस बन्दको आह्वान गरेको हो । मोर्चाको कार्यकर्ताले कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् भने पूर्व पश्चिम राजमार्गको ठाउँठाउँमा ढुङ्गा तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
यस्तै बन्दबाट सप्तरीमा कलकारखाना, उद्योगधन्दा, बजार पसल, शिक्षण संस्थासमेत ठप्प रहेको छ । मोर्चाका कार्यकर्ताले सप्तरीको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
यता लामो समयदेखिको बन्दका कारण दैनिक उपभोग्य सामानमा महँगी बढ्न थालेको छ । खासगरी खाद्यान्न सामग्री र सागसब्जीलगायतको दैनिक उपभोग्य सामग्रीमा दोब्बर महँगी बढेको उपभोक्ता बताउँछन् ।
यस्तै लामो समयको बन्दले यहाँको बजारमा पेट्रोलको अभाव भई भाउ बढेको छ । प्रति लिटर रु ११५ मा पाइने पेट्रोल लगातारको बन्दले अहिले रु १५० मा किन्न बाध्य भएको उपभोक्ता परमेश्वर झाले बताउनुभयो । रासस