३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’
अ+ अ-

काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् । 

टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएको छ । उहाँहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गर्नुभएको छ । यसैबीच यसअघि सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दल र नेकपा (एमाले) स्थायी समितिको संविधानसभा भवनमै बसेको बैठकले कैलाली घटनालाई प्रायोजित रुपमा गराइएको निर्मम र निन्दनीय घटना बताएका छन् । ती दुवै दलले नेपाल सरकारलाई सुरक्षाको दायित्वलाई कुशलतापूर्वक सम्पादन गरी जनताको जिउधनको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेका छन् । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले टीकापुर घटनालाई दुःखद र भत्सर्नायोग्य ठहर गर्दै संसदीय दलले त्यसप्रति खेद व्यक्त गरेको बताउनुभयो । काँग्रेस संसदीय दलले टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति अत्यन्त दुःख र खेद व्यक्त गर्दै त्यस्ता अप्रिय र अवाच्छित हिंसात्मक घटनाबाट पार्टीलाई मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । “राष्ट्रमा शान्ति, सुव्यवस्था कायम गर्न आफ्नो कर्तव्यपालन गर्दागर्दै वीरगति प्राप्त गर्ने वरिष्ठ सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायत निर्दोष नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”–मुख्य सचेतक चीनकाजी श्रेष्ठले जारी गरेको संसदीय दलको विज्ञप्तिमा भनिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले स्थायी समितिको बैठकले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि समिति गठन गर्न माग गर्ने निर्णय गरेको बताउनुभयो । एकीकृत नेकपा (माओवादी) संसदीय दलले पनि उक्त घटनालाई सूक्ष्म विश्लेषण गरी जनताका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको पार्टीका नेता एवम् सभासद् अग्नि सापकोटाले जानकारी दिनुभयो । प्रमुख दलका शीर्ष नेताको मङ्गलबार बिहान बालुवाटारमा बस्ने बैठकले कैलाली घटनाबारेमा थप प्रस्ट पार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ । रासस