१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी घोषणा गरेकाले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने महासेठको दाबी



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गर्नुभएको छ । 

मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता महासेठले जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमती भनेको पनि ठुलो प्रक्रिया हो । हामी सहमतीकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु सहमतीको पक्षमा हुनुहुन्छ । जुन साथीहरुले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरु आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकी जुन प्रतिनिधिको भरमा उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरुले फिर्ता लिनुहुन्छ । हामी सबै नेतृत्वमा बस्नेहरुलाई विश्वास छ ।’

उहाँले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताउनुभयो । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।