१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अठार वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’



अ+ अ-

काठमाडौं । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको छ ।

शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो । बाह्र वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन् । नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिनुभयो ।