१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमांकन थाती राखेर संविधान घोषणा गरौं : गगन थापा



अ+ अ-
फाइल फोटो

रामेछाप, भदौ १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सीमांकनमा देखिएको विवाद टुंग्याउन सात प्रदेशको सीमांकनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।

संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमांकनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमांकका लागि आयोग बनाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमांकन टुंग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।

नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए । रासस