• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती ★   भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार ★   बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो

बेइजिङमा महाकवि देवकोटासम्बन्धी प्रदर्शनी हुदै



काठमाडौँ, भदौ १८ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा यही सोमबारदेखि दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ ।

प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० फ्लेक्स, देवकोटाका तीन दर्जन पुस्तक, देवकोटाका कृतिको समालोचना र पत्रपत्रिकाका विशेषाङ्क, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा उनको जीवनीमा आधारित बृत्तचित्र पनि प्रदर्शन गरिने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानका सचिव साहित्यकार हरिगोविन्द लुइँटेलले जानकारी दिए ।

प्रदर्शनीका लागि त्यहाँस्थित बेइजिङ लुसुन सङ्ग्रहालयको निमन्त्रणामा देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको एक टोली शनिबार बेइजिङतर्फ प्रस्थान गर्नेछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाईंले नेतृत्व गर्ने उक्त प्रतिनिधिमण्डलमा रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सहभागी हुनेछन् ।

प्रदर्शनीमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पूरा भएको उपलक्ष्यमा दुई देशको आपसी सम्बन्धका बारे पनि छलफल गरिने बताइएको छ ।

प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनियाँ लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ । सो कार्यक्रममा चिनियाँ विद्वान्हरूका साथै नेपालको तर्फबाट समालोचक चापागाईं र सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस