३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारीका माग समेट्न प्रमुख दलको साझा संशोधन प्रस्ताव



अ+ अ-

काठमाडौं, भदौं १९ । प्रमुख चार दल संघीयताको सिमाङ्कनमा असन्तुष्ट पक्षका माग सम्बोधन गर्न सहमत भएका छन् ।

फोटो सौजन्य : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार विहान बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले आन्दोलनकारीका माग सम्बोधन गर्न संविधानसभामा साझा संशोधन प्रस्ताव दर्ता गर्न सैद्धान्तिक सहमति गरेको हो ।
संशोधन दर्ता गर्ने शनिवार अन्तिम दिन भएकाले प्रस्ताव तयार पार्न चार दलको बैठक दिउँसो बसेर टुंगो लगाउने एमाले नेता माधवकुमार नेपालले बैठकपछि जानकारी दिए ।

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संशोधन प्रस्ताव दर्ता गर्ने समय केही दिन बढाउन प्रस्ताव गरे पनि एमाले अध्यक्ष केपी ओलीले संविधान लेखनको प्रक्रिया कुनै पनि हालतमा लम्ब्याउन नहुनेमा जोड दिएका थिए ।
संघीयताको सिमांकनका विषयलाई लिएर विभिन्न क्षेत्रमा प्रदर्शन चर्किंदै गएपछि दलहरुले आन्दोलित दल र समुदायका माग सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनको संयुक्त प्रस्ताव तयार पार्न लागेका हुन् ।