६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदार बैठकमै रोएपछि…



अ+ अ-

काठमाडौं, भदौ २१ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन् ।

राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएिका समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

गच्छदारलाई उद्यृत गर्दै स्रोतले भन्यो–‘तीन दलका शीर्ष नेताहरुले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ ।’

आफूले थारु, मधेसीको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेको उनले बैठकमा बताएका थिए ।

उनले भनेका थिए–‘अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको विधयेकमा संसोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्ट्र ठूलै दुर्घटनामा पर्नेछ ।’