३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब संविधान आयो आयो : सभामुख नेम्बाङ



अ+ अ-

काठमाडौँ, भदौ २२ । सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिनुभएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर आज उहाँले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ प्रति असहमति राख्ने राजनीतिक दललाई सहमतिमा ल्याउन थप पहल गर्न आग्रह गर्नुभयो । अध्यक्ष नेम्बाङले मुलुकको समग्र स्थितिका बारेमा शीर्ष नेतासँग छलफल गर्नाका साथै मस्यौदा विधेयकअघि बढाउने प्रक्रिया र यस बीचमा संशोधनका माध्यमबाट सहमतिमा पुग्न सकिने बाटाका बारेमा जानकारी गराउनुभएको थियो ।

अब संविधान आयो आयो
जवाफमा शीर्ष नेताहरुले आजैदेखि असन्तुष्ट पक्षसँग वार्ता प्रक्रियाको प्रयास गरिने सकेसम्म धेरैलाई विश्वासमा लिएर सहमतिको साझा दस्तावेजका रुपमा संविधान जारी गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेम्बाङले भन्नुभयो, “अब संविधान आयो आयो ।” संविधान आउने विषयमा अब कहीँं कतै आशङ्का नगर्न सुझाव दिँदै उहाँले एक दुई दिनभित्रै संविधान जारी गर्ने मिति तय गरिने जानकारी दिनुभयो । रासस