२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी कुटनीतिज्ञको यौन शोषणमा यसरी परे नेपाली चेली



अ+ अ-

काठमाडौं, भदौ २५ । लोग्नेको मृत्युपछि मोरङकी ५० वर्षीया रमा (नाम परिवर्तन)मा जिम्मेवारी बढ्यो । दुई बच्चाको पालपोषण गर्न उनी साउदी अरेबियामा घरेलु कामदारमा जाने निर्णयमा पुगिन् । नेपाली एजेन्टले दुई लाख रुपैयाँसम्म मासिक तलब हुने आश्वासनसमेत रमालाई दिए ।

रमाजस्तै बागलुङकी ३० वर्षीया साइली (नाम परिवर्तन)को परिवारमा पनि गरिबीको पीडा थपिएको थियो । लोग्नेको एपेन्डिसाइट अप्रेसन ऋण खोजेर गरिन् । एउटा बच्चाकी आमा साइलीलाई लोग्नेको अप्रेसन गर्दाको ऋण र परिवार धान्नुपर्ने जिम्मेवारी आएपछि विदेश जाने सोचमा पुगिन् ।

गत वैशाखमा काठमाडौंमा रमा र साइलीले नेपाली एजेन्टसँग भेट गरे । एजेन्टले जेठ ४ गते सडक मार्ग हुँदै भारतको दिल्ली पुर्‍याए ।

दिल्लीबाट मुम्बईको एक होटलमा १५ दिन उनीहरूलाई राखियो । प्रहरीसँगको बयानमा रमा र साइलीले दिल्लीस्थित साउदीका दलाल र साउदी दूतावासका कूटनीतिज्ञसँगको साँठगाँठपछि कूटनीतिज्ञले साउदी लिएर गए ।

साउदीमा होटलमा राखिएका उनीहरूमाथि लगातार यौनशोषण भयो । काम गर्ने भन्दै घरमा पुर्‍याएपछि एक महिनासम्म उनीहरूले घरमालिक मात्रै नभई आफन्तसम्मको ‘ग्याङरेप’को सिकार हुनुपर्‍यो । साउदीमा एक महिनासम्म निरन्तर यौनशोषण भएपछि तिनै कूटनीतिज्ञले गत असारको मध्यतिर भारत फर्काए ।

भारतको गुडगाउँस्थित घरमा राखिएका रमा र साइँली पुनः यौनहिंसाको सिकार हुनुपर्‍यो । ती कूटनीतिज्ञले पनि यौनशोषण गरे । सामान्य लेखापढ मात्रै भएका रमा र साइलीको कमजोरीको फाइदा उठाउँदै कूटनीतिज्ञले साउदी अरेबियाको जेदादेखि भारतको गुडगाउँ र नैनितालसम्म पुर्‍याएर यौनशोषण गर्न थाले ।

भारतीय प्रहरीको सहयोगमा बिहीबार अपराह्न भारतबाट एयर इन्डिगोमार्फत नेपाल फर्काएका रमा र साइलीलाई त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट सोझै केन्द्रीय अनुसन्धान ब्युरोमा पुर्‍याइएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

हामीले साउदी र भारतमा नर्कको जीवन बिताउनुपर्‍यो । अरू नेपाली महिलाले यस्तो भोग्नु नपरोस्’, रमा र साइलीले प्रहरीसमक्ष भनेका छन् ।

उनीहरूको शरीरभर नीलडाम छ । ‘हामीहरूले दर्दनाक पीडा र यौनशोषणको सिकार हुनुपरेको पीडा सुन्यौं । नेपालबाट भारत पठाउने दलालको खोजी गर्छौ’ ब्युरोकी प्रवक्ता एसपी किरण बज्राचार्यले भनिन् ।

रमा र साइलीका अनुसार दिल्ली प्रहरीले कडाइ गरेपछि दलालले श्रीलंका हुँदै साउदीमा युवती तस्करी गर्दै आएका छन् । श्रीलंकामा थुप्रै युवतीलाई यसैगरी बन्धक बनाइएको जानकारी पनि उनीहरूले दिएका छन् ।