११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले कुकुरको मृत्यु भएपछि भावुक हुँदै लेखे यस्तो स्ट्याटस



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो प्रोफेशनल लाइफ र पर्सनल लाइफसँग सम्बन्धित अपडेट्स फ्यानसँग सेयर गरिरहेका हुन्छन् । 

उनले आफ्नो इन्स्टाग्राममा एउटा दुखद खबर शेयर गर्दै आफ्नो कुकुर क्लियोको मृत्युमा शोक व्यक्त गरेका छन् ।

अक्षयले मंगलबार बिहान आफ्नो इन्स्टाग्राममा आफ्नो कुकुरसँगको पुरानो तस्विर साझा गरेर उनको सम्झनामा एक भावुक स्टाटस सेयर गरे । 

यस थ्रोब्याक तस्विरमा, अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना आफ्नो कुकुरलाई माया गरिरहेको देखिएको छ । तस्विर इन्स्टाग्राममा सेयर गर्दै अभिनेताले क्याप्सन लेखेका छन्,‘उनीहरु भन्छन् कुकुरले हाम्रो मुटुमा आफ्नो खुट्टाको छाप छोडिदिन्छन् । आज तिमिले हाम्रो मुटुको एक भाग लिएर गयौ । त्यहाँ आराम गर, क्लियो। तीमिलाई धेरै मिस गरिनेछ।’

अक्षय कुमार अहिले आफ्नो फिल्म बच्चन पाण्डेको प्रमोशनमा व्यस्त छन् । फिल्ममा अक्षय कुमार र कृति सेननका अलावा ज्याकलिन फर्नान्डिज, स्नेहल डब्बी, अभिमन्यु सिंह र सहर्ष कुमार शुक्लाको पनि अभिनय रहेको छ । 

फिल्मको कथा एक ग्याङ्स्टरको वरिपरि घुमेको छ । यो ग्याङ्स्टर अभिनेता बन्न चाहन्छ। कृति सेनन एक पत्रकार हुन् जो फिल्म निर्देशक बन्न चाहन्छिन्। फिल्ममा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ ।

निश्चय कुटाण्डाले लेखेको चलचित्रलाई फरहाद शामजीले निर्देशन गरेका हुन् । यसअघि सन् २०२० को क्रिसमसमा यो फिल्म रिलिज हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।