९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू गाउँ अभिभावकविहीन



अ+ अ-

काठमाडौं, भदौ २६ । टीकापुर घटनापछि थारू गाउँका अगुवाका रूपमा चिनिने बडघरहरू त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरूले गरेको कुरा बाहिर आएपछि प्रहरीले धरपकड गर्ने डरले उनीहरू त्रसित बनेका छन् । अधिकांश बडघर घरमा भेटिँदैनन् । उनीहरू पलायन भएपछि गाउँ अभिभावकविहीनजस्तै बनेका छन् ।

धनसिंहपुर ४ झुंगाका बडघर धनबहादुर चौधरीले आफूहरूलाई पक्राउ गर्ने हल्लाले केही दिन निदाउन नसकेको बताए । ‘गाउँमा सुरक्षाकर्मीको गाडी आउँदा डर लाग्छ, केही दिन घरमै बसिनँ,’ उनले भने । उनी अहिले आफूले गलत नगरेको भन्दै घरमै बसेका छन् ।

छिमेकी गाउँ बौनियाका बडघर रामबहादुर चौधरीको घरमा मध्यरातमा सादा पोसाकमा आएका प्रहरीले आफूलाई नभेटेपछि भाइलाई लगेको उनले बताए ।

जोशीपुर गाविसको लक्कड गाउँका बडघर रामप्रसाद चौधरीको घरमा नयाँ व्यक्ति जाँदा परिवार पूरै त्रसित हुन्छ । उनी कता गएर बस्छन् भन्ने कसैलाई छैन । नवलपुर गाउँका बडघर ईश्वरीप्रसाद चौधरी पनि घरमा नबस्ने गरेको गाउँलेले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भदौ १३ मा भजनीबाट आएको सुरक्षाकर्मीको टोलीले सद्भाव कायम गर्ने भनेर गाउँका बडघरसहित सबैलाई जम्मा गरेर छलफल गरेको थियो । त्यही राति गाउँमा आएर ३ जनालाई पक्राउ गरेपछि त्रसित भएको स्थानीय बताउँछन् ।

माघीमा छानिने बडघर वर्षभरिका लागि गाउँको मुखियाजस्तै हुन्छन् । गाउँमा सामूहिक रमाइलो गर्ने वा सुखदुस्खका अन्य काममा बडघरको महत्वपूर्ण भूमिका रहन्छ ।

सीमा नाकाको इन्ट्रिपोस्ट खाली    
नेपाल–भारत सीमामा पर्ने खक्रौला नाकामा रहेको प्रहरीले चेकजाँच इन्ट्रिपोस्ट खाली रहेको छ । टीकापुर घटनापछि उक्त इन्ट्रिपोस्टमा कुनै चेकजाँच नहुने स्थानीयले बताए ।