२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू गाउँ अभिभावकविहीन



अ+ अ-

काठमाडौं, भदौ २६ । टीकापुर घटनापछि थारू गाउँका अगुवाका रूपमा चिनिने बडघरहरू त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरूले गरेको कुरा बाहिर आएपछि प्रहरीले धरपकड गर्ने डरले उनीहरू त्रसित बनेका छन् । अधिकांश बडघर घरमा भेटिँदैनन् । उनीहरू पलायन भएपछि गाउँ अभिभावकविहीनजस्तै बनेका छन् ।

धनसिंहपुर ४ झुंगाका बडघर धनबहादुर चौधरीले आफूहरूलाई पक्राउ गर्ने हल्लाले केही दिन निदाउन नसकेको बताए । ‘गाउँमा सुरक्षाकर्मीको गाडी आउँदा डर लाग्छ, केही दिन घरमै बसिनँ,’ उनले भने । उनी अहिले आफूले गलत नगरेको भन्दै घरमै बसेका छन् ।

छिमेकी गाउँ बौनियाका बडघर रामबहादुर चौधरीको घरमा मध्यरातमा सादा पोसाकमा आएका प्रहरीले आफूलाई नभेटेपछि भाइलाई लगेको उनले बताए ।

जोशीपुर गाविसको लक्कड गाउँका बडघर रामप्रसाद चौधरीको घरमा नयाँ व्यक्ति जाँदा परिवार पूरै त्रसित हुन्छ । उनी कता गएर बस्छन् भन्ने कसैलाई छैन । नवलपुर गाउँका बडघर ईश्वरीप्रसाद चौधरी पनि घरमा नबस्ने गरेको गाउँलेले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भदौ १३ मा भजनीबाट आएको सुरक्षाकर्मीको टोलीले सद्भाव कायम गर्ने भनेर गाउँका बडघरसहित सबैलाई जम्मा गरेर छलफल गरेको थियो । त्यही राति गाउँमा आएर ३ जनालाई पक्राउ गरेपछि त्रसित भएको स्थानीय बताउँछन् ।

माघीमा छानिने बडघर वर्षभरिका लागि गाउँको मुखियाजस्तै हुन्छन् । गाउँमा सामूहिक रमाइलो गर्ने वा सुखदुस्खका अन्य काममा बडघरको महत्वपूर्ण भूमिका रहन्छ ।

सीमा नाकाको इन्ट्रिपोस्ट खाली    
नेपाल–भारत सीमामा पर्ने खक्रौला नाकामा रहेको प्रहरीले चेकजाँच इन्ट्रिपोस्ट खाली रहेको छ । टीकापुर घटनापछि उक्त इन्ट्रिपोस्टमा कुनै चेकजाँच नहुने स्थानीयले बताए ।