११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

32.27°C

काठमाडौं

32.27°C

Kathmandu

Feels-like: 30.09

Wind: 4.12

Humidity: 17

तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टरबाट खसेर बालकको मृत्यु



अ+ अ-

म्याग्दी, २८ भदौ । म्याग्दीको विममा ट्र्याक्टरबाट खसेर आइतबार एक बालकको मृत्यु भएको छ ।

दरबाङबाट विमतर्फ जाँदै गरेको ट्र्याक्टरको ढालाबाट खसेर विमका ११ वर्षीय निराजन जुग्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझ किसानी उच्च माविको सिमेन्ट बोकेर जाँदै गरेको ग१त २८७७ नम्बरको ट्र्याक्टरमा सवार बालक खसेर घाइते भएका थिए । जुग्जालीको उपचारका लागि जिल्ला अस्पताल बेनीमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।