९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक र गोपनीयताको हक पारित, संविधानसभाको बैठक तेश्रो पटक पाँच बजेसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं, भदौ २८ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा २७ सूचनाको हक र धारा २८ गोपनीयताको हक संविधानसभाले पारित गरेको छ ।

धारा ३१ शिक्षासम्वन्धी हक, धारा ३३ रोजगारीको हक, धारा ३४ श्रमको हक, धारा ३५ः स्वास्थ्यसम्वन्धी हक, धारा ३६  खाद्य सम्वन्धी हक, धारा ३७ आवासको हक बहुमतले पारित गरेको छ ।
धारा ३७ वाहेकमा दर्ता भएका संशोधन प्रस्ताव संविधानसभाले बहुमतका आधारमा अस्वीकृत गरेको थियो । यसअघि धारा २६ धार्मिक स्वतन्त्रताको हक र धारा २५ सम्पत्तिको हक बहुमतबाट पारित भएको थियो । संविधानसभाले धारा २९ शोषणविरुद्धको हक र धारा ३० स्वच्छ वातावरणको हक पनि सर्वसम्मत् रुपमा पारित गरेको थियो ।

विहानदेखि शुरु भएको संविधानसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो अहिले संविधानसभाको बैठक सोमबार तेश्रो पटक  पाँच बजेसम्मका लागि स्थगित भएको छ ।