२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक र गोपनीयताको हक पारित, संविधानसभाको बैठक तेश्रो पटक पाँच बजेसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं, भदौ २८ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा २७ सूचनाको हक र धारा २८ गोपनीयताको हक संविधानसभाले पारित गरेको छ ।

धारा ३१ शिक्षासम्वन्धी हक, धारा ३३ रोजगारीको हक, धारा ३४ श्रमको हक, धारा ३५ः स्वास्थ्यसम्वन्धी हक, धारा ३६  खाद्य सम्वन्धी हक, धारा ३७ आवासको हक बहुमतले पारित गरेको छ ।
धारा ३७ वाहेकमा दर्ता भएका संशोधन प्रस्ताव संविधानसभाले बहुमतका आधारमा अस्वीकृत गरेको थियो । यसअघि धारा २६ धार्मिक स्वतन्त्रताको हक र धारा २५ सम्पत्तिको हक बहुमतबाट पारित भएको थियो । संविधानसभाले धारा २९ शोषणविरुद्धको हक र धारा ३० स्वच्छ वातावरणको हक पनि सर्वसम्मत् रुपमा पारित गरेको थियो ।

विहानदेखि शुरु भएको संविधानसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो अहिले संविधानसभाको बैठक सोमबार तेश्रो पटक  पाँच बजेसम्मका लागि स्थगित भएको छ ।