९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलीमा ८.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



अ+ अ-

काठमाडौं, भदौ ३१ । दक्षिण अमिरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँको राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।

सान्टियागोबाट करिब २४६ किलोमिटरको टाढा उत्तर–पश्चिम तटीय क्षेत्रमा भूकम्पको झड्का ८.३ म्याग्निच्यूड मापन भएको छ ।

‘प्यासेफिक सुनामी वार्निङ सेन्टर’ले भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्युको खबर बाहिर आएको छ । १५ जना घाइते भएका छन् । त्यहाँका तटीय क्षेत्र खाली गर्न आदेह दिइएको छ भने वालपरासियो पोर्टमा सुनामीको साइरनको आवाज सुनिएको छ ।

स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेटमा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले उल्लेख गरेको छ । यसको केन्द्रबिन्दू इल्लापेल सहरबाट ५५ किलोमिटर टाढा पश्चिममा भएको र केन्द्रबिन्दू जमिन सतहको १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । (एजेन्सी)