• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

हिन्दू–मुसलमानले सँगै मनाए तीज



फाइल फोटो

भक्तपुर, भदौ ३१ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् ।

 

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका थिए ।

खातुन दर्शनका लागि शिव मन्दिर नगए पनि आफ्नो श्रीमान् र परिवारका सुखका लागि बुधबार तीजको व्रत बसेको बताउँछिन् ।

उनले भनिन्–‘छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँग सँगै बसेर दर खाएँ, यसवर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।’

खातुनमात्रै होइन खातुनसँगै रहेका चारजना मुसलमान महिलाले पनि दर खाएर तीजको व्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी शारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको व्रत बसिन् ।

नेवार समुदायमा तीजको व्रत बस्ने परम्परा नभए पनि गतवर्षदेखि छिमेकी नारीसँगै आफू पनि व्रत बस्न थालेको उनले बताइन् ।

छिमेकीले तीजको व्रतका बारेमा बताएपछि गतवर्षदेखि उनीहरुसँगै तीजको व्रत बस्दै आएकी शारदा मात्रै होइन, शारदाको परिवारमा रहेका महिलाले पनि तीजको व्रत बसेका थिए ।

भक्तपुरमा यसवर्ष बाहुन क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका थिए । रासस