९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू–मुसलमानले सँगै मनाए तीज



अ+ अ-
फाइल फोटो

भक्तपुर, भदौ ३१ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् ।

 

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका थिए ।

खातुन दर्शनका लागि शिव मन्दिर नगए पनि आफ्नो श्रीमान् र परिवारका सुखका लागि बुधबार तीजको व्रत बसेको बताउँछिन् ।

उनले भनिन्–‘छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँग सँगै बसेर दर खाएँ, यसवर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।’

खातुनमात्रै होइन खातुनसँगै रहेका चारजना मुसलमान महिलाले पनि दर खाएर तीजको व्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी शारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको व्रत बसिन् ।

नेवार समुदायमा तीजको व्रत बस्ने परम्परा नभए पनि गतवर्षदेखि छिमेकी नारीसँगै आफू पनि व्रत बस्न थालेको उनले बताइन् ।

छिमेकीले तीजको व्रतका बारेमा बताएपछि गतवर्षदेखि उनीहरुसँगै तीजको व्रत बस्दै आएकी शारदा मात्रै होइन, शारदाको परिवारमा रहेका महिलाले पनि तीजको व्रत बसेका थिए ।

भक्तपुरमा यसवर्ष बाहुन क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका थिए । रासस