२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 2.06

Humidity: 50

Latest
सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा कति पुग्यो? वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वचालित पेस्तोलसहित युवक पक्राउ



अ+ अ-

सिरहा, भदौ ३१ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका यादवको साथबाट ९ एमएमको स्वचालित पेस्तोल एक थान, त्यसमा लोड गरिएको ७ राउण्ड गोलीसमेत बरामद गरिएको छ ।

पक्राउ गरिएका यादवको साथबाट सशस्त्र प्रहरीले एचटिसी कम्पनीको मोबाइल एक थान, रु दुई हजार २४०, स २ प २५२६ नम्बरको पल्सर मोटरसाइकल र सिडिएमए सेटको एक थान ब्याट्रीसमेत बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका यादवलाई नेपाल प्रहरीलाई बुझाई थप अनुसन्धान गरिने जनाइएको छ ।

त्यसअघि नेपाल प्रहरीले सिरहाको पूर्वी दक्षिणी नाका इनर्वाबाट मंगलबार बिहान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो ।