३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

सशस्त्रले ल्यायो मोबाइल एप्स

सशस्त्रले ल्यायो मोबाइल एप्स
अ+ अ-

काठमाडौँ, ३० भदौ । सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सूचना प्रविधिमार्फत आफ्नो फिल्ड कमाण्डर तथा अन्य महत्वपूर्ण ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीको परिचालन ‘मुभमेन्ट’ लाई अनुगमन गर्न एपिएफको लोगो अंकित ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधि भरपर्दो र विश्वसनीयसमेत हुने हुँदा यो प्रविधि उपयोगमा ल्याइएको हो । फिल्डमा एपिएफ टोलीको तैनाथीलगायत गतिविधिको ‘रिपोर्ट’ लिइराख्नुभन्दा केन्द्रमै बसेर ‘मोबाइल एप्स’ बाट उनीहरुको ‘मुभमेन्ट’ अनुगमन गरिँदा समयको बचत हुनुका साथै झन्झटसमेत नहुने भएकाले सशस्त्र प्रहरी बलले सो एप्स सञ्चालनमा ल्याएको हो ।

संविधानसभाको निर्वाचनअघि निःशुल्क सञ्चालन गर्न सकिने ‘लाइभ भिडियो स्ट्रिमिङ’ सञ्चालनमा ल्याई हाल नियमित सशस्त्र प्रहरी कार्यसम्पादनमा उपयोग गरिरहेको सशस्त्र प्रहरी बलले यस प्रविधिबाट कार्यसम्पादनमा अझै सहजता तथा प्रभावकारिता आउने विश्वास लिएको छ ।

‘एपिएफ लोकेसन सेन्टर’ नाम दिइएको सो ‘मोबाइल एप्स’ सशस्त्र प्रहरी बलको कम्प्युटर फिल्डका प्राविधिकले करिब दुई हप्ताको प्रयासमा निर्माण गरेका हुन् । सो एप्स बुधबारैदेखि उपयोगमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल तथा बलमा आबद्ध राष्ट्रसेवकहरुले मात्रै उपयोग गर्न सक्नेगरी तयारी गरिएको सो एप्स उपयोगका लागि सशस्त्र प्रहरी बलले संगठनभित्र उपयोग गरिरहेको ‘इन्ट्रानेट’ प्रविधिमार्फत उक्त एप्स ‘डाउनलोड’ गर्नुपर्ने हुन्छ । एपिएफको लोगो अङ्कित सो एप्स ‘स्मार्ट फोन’ मा ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गरेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले केन्द्रमै बसेर अनुगमन गर्न सक्छ ।

यस प्रविधिमा आबद्ध एपिएफ टोलीले कुनै एक मात्रै पनि अक्षर लेखेर वा नलेखिकनै पनि यस ‘एप्लिकेसन’ मा रहेको सेन्ट बटन थिचेपछि ऊ रहेको ठाउँको अक्षांश र देशान्तर तथा त्यहाँको भौगोलिक अवस्था, त्यहाँको पुल, बाटो, अन्य सुरक्षा निकायको उपस्थितिलगायतको सबै विवरण एपिएफ प्रधान कार्यालयस्थित ‘जिआइएस म्याप’ मा ‘प्लटिङ’ हुने हुँदा सुरक्षा कामकारबाहीमा यसले ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस सूचना प्रविधिलाई ‘खोजी तथा उद्धार कार्य’ तथा विपद् व्यवस्थापन कार्यमासमेत उपयोग गरिनेछ ।