२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

Latest
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा कति पुग्यो? वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा



अ+ अ-

कालीकोट, भदौ३१  । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ ।

जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट भएपछि स्थानीयलाई भोकमरी हुने चिन्ता पसेको छ । खडेरीले धान सुकेर नष्ट भएपछि नानिकोटका स्थानीयले सुकेको धान बोकेर जिल्ला सदरमुकाममा पु-याएर खाद्यान्न आपूर्तिका लागि तत्कालीन र दीर्घकालीन पहल गर्न अनुरोध गरेका छन् ।
उनीहरुले गाविसमा रहेका एक हजार ६०२ घरधुरीलाई खाद्यान्न आपूर्ति गर्न जिल्लाका सरोकारवालासँग आग्रह गरेका छन् । स्थानीय टेकबहादुर बोगटीले आफूहरु घरपरिवार ल्याएर सदरमुकाम आउनुको विकल्प नभएकाले तत्काल सरकारले पहल गर्न अनुरोध गर्दै २०६६ सालमा खडेरीका कारण भोकमरी पर्दा समस्या आएको स्मरण गर्दै तत्कालका लागि विश्वखाद्य तथा आरसिआइडब्लु लगायतका निकायसँग पहल गर्न अनुरोध गरेका छन् भने दीर्घकालीनरुपमा सिँचाइका लागिसमेत व्यवस्था गर्न स्थानीयले अनुरोध गरेका छन् ।
जिल्लाका सरोकारवालाले जिल्लाका पाँच गाविसमा मात्र नभई अन्य ठाउँमा समेत खडेरीले बाली नाली नष्ट भएकाले स्थलगत रुपमा गएर अध्ययन गरी राहतका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले स्थलगत अध्ययनका लागि टोली पठाउने भएको छ । जिल्लाका रास्कोट क्षेत्रका मेहलमुडी, सिपखाना, फुकोट, स्युना र रकुलगायतका गाविसमा समेत बालीनाली नष्ट भए पछि भोकमरीले सताउने स्थानीयमा चिन्ता पसेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीयले खाद्यान्नका लागि माग गर्न सम्बन्धित निकायमा पहल गर्न अनुरोधसमेत गरेका छन् भने स्थलगतरुपमा बुझ्न र खाद्यान्नका लागि पहल गर्न विभिन्न निकायमा अनुरोध गर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले खाद्यान्नका लागि तत्काल व्यवस्था हुन सक्ने क्षेत्रमा पहल गरिने तर कुन गाविसमा कति क्षति भएको छ भन्ने विवरण आएपछि केन्द्रमा पहल गर्ने बताउनुभएको छ ।
खडेरी परेका नानिकोट गाविसका स्थानीय जयकृष्ण सन्ज्यालका अनुसार पाँच दशकअघि काम सुरु भएको कालापानी सिँचाइ कुलोको काममा लापर्बाही भएकाले सरकारले सोको पहल गर्नका लागि वास्तविक स्थलगत रुपमा गई अनुगमन गर्नुपर्ने बताउनुभयो । कामको जिम्मा लिएका ठेकेदार कालीबहादुर शाहीले असारसम्म कामको जिम्मा लिएको र त्यसपछि आफूले समुदायलाई सिँचाइ कुलोको जिम्मा लगाएकोबाहेक अरु केही थाहा नभएको बताउनुभयो ।
नानिकोटमा जिल्लाबाट निरन्तररुपमा रकम आउने भएपनि काममा लापर्बाही भएकाले ५० वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्नु अनौठो भएको जिल्लावासीले बताएका छन् । यसअघि जिल्ला परिषद्ले जिल्लाका छ वटा गाविसलाई सुक्खाग्रस्त क्षेत्रका रुपमा घोषित गरेको तर कार्यान्वयन भने नभएको स्थानीयले बताउँदै आएका छन् । रासस