३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा

खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा
अ+ अ-

कालीकोट, भदौ३१  । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ ।

जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट भएपछि स्थानीयलाई भोकमरी हुने चिन्ता पसेको छ । खडेरीले धान सुकेर नष्ट भएपछि नानिकोटका स्थानीयले सुकेको धान बोकेर जिल्ला सदरमुकाममा पु-याएर खाद्यान्न आपूर्तिका लागि तत्कालीन र दीर्घकालीन पहल गर्न अनुरोध गरेका छन् ।
उनीहरुले गाविसमा रहेका एक हजार ६०२ घरधुरीलाई खाद्यान्न आपूर्ति गर्न जिल्लाका सरोकारवालासँग आग्रह गरेका छन् । स्थानीय टेकबहादुर बोगटीले आफूहरु घरपरिवार ल्याएर सदरमुकाम आउनुको विकल्प नभएकाले तत्काल सरकारले पहल गर्न अनुरोध गर्दै २०६६ सालमा खडेरीका कारण भोकमरी पर्दा समस्या आएको स्मरण गर्दै तत्कालका लागि विश्वखाद्य तथा आरसिआइडब्लु लगायतका निकायसँग पहल गर्न अनुरोध गरेका छन् भने दीर्घकालीनरुपमा सिँचाइका लागिसमेत व्यवस्था गर्न स्थानीयले अनुरोध गरेका छन् ।
जिल्लाका सरोकारवालाले जिल्लाका पाँच गाविसमा मात्र नभई अन्य ठाउँमा समेत खडेरीले बाली नाली नष्ट भएकाले स्थलगत रुपमा गएर अध्ययन गरी राहतका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले स्थलगत अध्ययनका लागि टोली पठाउने भएको छ । जिल्लाका रास्कोट क्षेत्रका मेहलमुडी, सिपखाना, फुकोट, स्युना र रकुलगायतका गाविसमा समेत बालीनाली नष्ट भए पछि भोकमरीले सताउने स्थानीयमा चिन्ता पसेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीयले खाद्यान्नका लागि माग गर्न सम्बन्धित निकायमा पहल गर्न अनुरोधसमेत गरेका छन् भने स्थलगतरुपमा बुझ्न र खाद्यान्नका लागि पहल गर्न विभिन्न निकायमा अनुरोध गर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले खाद्यान्नका लागि तत्काल व्यवस्था हुन सक्ने क्षेत्रमा पहल गरिने तर कुन गाविसमा कति क्षति भएको छ भन्ने विवरण आएपछि केन्द्रमा पहल गर्ने बताउनुभएको छ ।
खडेरी परेका नानिकोट गाविसका स्थानीय जयकृष्ण सन्ज्यालका अनुसार पाँच दशकअघि काम सुरु भएको कालापानी सिँचाइ कुलोको काममा लापर्बाही भएकाले सरकारले सोको पहल गर्नका लागि वास्तविक स्थलगत रुपमा गई अनुगमन गर्नुपर्ने बताउनुभयो । कामको जिम्मा लिएका ठेकेदार कालीबहादुर शाहीले असारसम्म कामको जिम्मा लिएको र त्यसपछि आफूले समुदायलाई सिँचाइ कुलोको जिम्मा लगाएकोबाहेक अरु केही थाहा नभएको बताउनुभयो ।
नानिकोटमा जिल्लाबाट निरन्तररुपमा रकम आउने भएपनि काममा लापर्बाही भएकाले ५० वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्नु अनौठो भएको जिल्लावासीले बताएका छन् । यसअघि जिल्ला परिषद्ले जिल्लाका छ वटा गाविसलाई सुक्खाग्रस्त क्षेत्रका रुपमा घोषित गरेको तर कार्यान्वयन भने नभएको स्थानीयले बताउँदै आएका छन् । रासस