३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै

सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै
अ+ अ-

लुम्बिनी (रुपन्देही),  भदौ ३१। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका ४०० घरमध्ये ३०२ वटा घर ८२ फुटभित्र पर्ने देखिएको हो । यस्ता घरलाई भत्काएर सडकलाई ८२ फुट कायम गरिने कार्यालयले जनाएको छ ।
सडक कार्यालयले यही भदौ १ गतेदेखि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको दायाँबायाँ ८२ फुटभित्रका संरचना हटाउने बताए पनि विभिन्न आन्दोलन र बन्द हडतालले गर्दा डेढ महिनाको अवधि थप गरेको छ । कार्यालयका इन्जिनियर नरेन्द्र भट्टले भदौ १ गतेदेखि संरचना हटाउने भनेर सूचना प्रकाशित गरेपनि विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द हड्तालले गर्दा समयमा काम सुरु गर्न नसकिएको बताउनुभयो ।
“यसबीचमा हामीले कति घर ८२ फुटभित्र परेका छन् भनेर नापी ग¥यौँ ।” इन्जिनियर भट्टले भन्नुभयो, “नापीमा व्यक्तिगत÷सार्वजनिक गरी ३०२ वटा घर तथा टहरा सडकभित्र परेका छन् ।”
उहाँले कार्यालयले पुनः एक वा डेढ महिनाको समय थप गरेर सडकमा परेका संरचना हटाउन समय दिने र त्यसपछि पनि नहटाइएका संरचना कार्यालयले हटाउने जनाउनुभयो । सडकमा परेका घरको कति भाग भत्काउनु पर्छ भन्नेबारे कार्यालयले अब चिह्न लगाउन थाल्ने उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार ३०० घरमध्ये आधाभन्दा बढी घरको एक भाग मात्र भत्काउनुपर्ने अवस्था देखिएको छ ।
यसअघि बुटवलको सडक निर्माण गर्दा कार्यालयले ८२ फुटको लालपुर्जा नभएकाले सडक मिचेर बनाइएका संरचना हटाउन सकेको थिएन । कार्य क्षेत्र रुपन्देही र नवलपरासीको ३०० किलोमिटर पर्ने सडक डिभिजन कार्यालय बुटवलले आव २०६९-०७० मा बुटवलदेखि नवलपरासीको गैडाकोटसम्म ११४ किलोमिटर सडकभित्रका संरचना हटाएको थियो ।

त्यस्तैगरी, २०७०–७१ मा भूमही–भैरहवा सडकखण्डभित्रको ३० किमी सडक सफा गरेको थियो । इन्जिनियर भट्टले भन्नुभयो, “यस वर्ष (२०७२) भित्र बुटवलको तीन किलोमिटर सडक सफा गर्ने कार्ययोजना छ ।” त्यस्तै, आगामी वर्ष भैरहवा–लुम्बिनी २४ किमी सडकलाई फराकिलो बनाउने योजना सडक डिभिजनले गरेको छ ।
बुटवल–बेलहिया सडक निर्माणका क्रममा ८२ फुटमा परेका भवन पनि सडक कार्यालयले धमाधम हटाइरहेको छ । पुष्पलाल पार्कदेखि तिनाउ पुलसम्मको सडक भने ५० फुट कायम भएका कार्यालयले जनाएको छ ।
यसअगाडि नै उक्त सडकखण्डलाई कार्यालयले ५० फुट नै कायम गर्ने भनेर नापी गरेको बताइएको छ । सडक कार्यालयमा ३० जनाले घरको कति भाग सडकभित्र पर्छ चिह्न लगाइदिनुप¥यो, हामी आफ्नो घर आफैँ भत्काउँछौँ भनेर निवेदन समेत दिएको कर्मचारीले बताए । सरकार देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियानमा जुटेकाले यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो ।
बुटवलको चार लेन सडक बनाउँदा लालपुर्जा नभएकाले ७५ फुटलाई आधार बनाएर निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालयले अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरेपछि आसपासका घरधनी चिन्तित भएका छन् ।
चार लेन सडक निर्माणको क्रममा अतिक्रमित संरचना हटाउने भनिए पनि लालपुर्जाको कारण नहटाइएपछि घरधनी ढुक्क भएका थिए । तर अहिले सडक ८२ फुट कायम गर्न थालिएपछि घरधनीमा नयाँ तरङ्ग फैलिएको छ । सरकारले यस वर्षदेखि मुख्य राजमार्ग (हाइवे) लाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार १०५ फुट कायम गर्ने योजना ल्याएको छ । रासस