९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारले सबैलाई छानबिनको दायरामा ल्याउने



अ+ अ-

रामपुर (पाल्पा), ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख विश्वप्रकाश सुवेदीले सरकारी रकम एक पैसा पनि दुरुपयोग गर्ने सरकारी कर्मचारीलाई छानबिनको दायरामा ल्याउने बताउनुभएको छ ।

पाल्पाका सरकारी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको आज आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख सुवेदीले आर्थिक पारदर्शिता र सरकारी सेवालाई अनुशासित बनाउन अख्तियारले काम गर्दै आएको बताउनुभयो ।
विभिन्न सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि लेखापाल तथा आर्थिक कारोबार बढी हुने कार्यालयमा अन्य कर्मचारीबाट पनि पैसाको चलखेल हुँदै आएकाले त्यस्ता कार्यालयमा छड्के अनुगमनसमेत गरिने क्षेत्रीय प्रमुख सुवेदीले बताउनुभयो ।
अहिले अख्तियार ससाना मुद्दा तथा उजुरीमा अल्झिरहेको बताउँदै आगामी दिनमा ससाना मुद्दा तथा उजुरीलाई सम्बन्धित कार्यालयलाई जिम्मेवार बनाउने, ठूलाठूला मुद्दा, परियोजनामा अख्तियारले ध्यान दिने गरी कार्ययोजना बनाएको अख्तियारका क्षेत्रीय प्रमुख सुवेदीले बताउनुभयो ।
कार्यालयमा हुने गरेका आर्थिक अनियमिताका विषयमा ढुक्क भएर बेनामी उजुरी हाल्न सबैलाई क्षेत्रीय प्रमुखले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अख्तियार र जिल्ला प्रशासनबीच विगतका दिनहरुमा समन्वय नभएकाले जिल्लाभित्र हुने छानबिनका विषयमा समन्वय भएमा अख्तियारलाई काम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकारले अख्तियारले सानासाना मुद्दामात्र ध्यान दिने, ठूला मुद्दा तथा उजुरीमा ध्यान दिन नसकेको, ठेक्का प्रणाली व्यवस्थित नहुँदा आर्थिक चलखेल हुने गरेको, समयमा निकासा नआएको, काम समयमा सम्पन्न नभएको बताउनुभयो ।
भेटघाट कार्यक्रममा कार्यालय प्रमुखले काम गर्दा आइपरेको समस्या, पर्याप्त दरबन्दी नहुँदाको समस्या, भइरहेको विकास निर्माणका योजना, काम गर्दा आइपर्ने व्यवहारिक कठिनाइका बारेमा जानकारी गराइएको थियो । रासस