१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 4.12

Humidity: 64

Latest
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… यू-१९ विश्वकप एसिया छनोटः नेपालले ओमानलाई सजिलै हरायो नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप एमाले सचिवालय बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने



अ+ अ-

काठमाडौँ,  भदौ ३१ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले विजय लक्ष्यका साथ भोलि शुक्रबार बेलुका किर्गिस्तानको सामना गर्नेछ ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले सबैभन्दा बलियो मानिएको टोली जोर्डनलाई समेत पराजित गरेको थियो ।
हिजो बुधबार भएको खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो ।
त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा किर्गिस्तान भने ओमनसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने किर्गिस्तान अङ्क विहीन छ । त्यस्तै, उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित आयोजक किर्गिस्तान, ओमन र जोर्डन छन् ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस