३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

नयाँ खासा संविधानबाट गरिएको विकासको आशा

नयाँ खासा संविधानबाट गरिएको विकासको आशा
अ+ अ-

काठमाडौँ,  भदौ ३१ । नेपालको नयाँ संविधान बुधबार संविधानसभा बैठकबाट पारित भएपछि रत्नपार्कमा फुटपाथ पसल गर्दै आउनुभएकी सुकमेली थामीको अनुहारमा खुसी छाएको छ ।

धेरै समयपछि संविधान आएको छ, खुसी त यत्तिकै लागिहाल्छ नि, विगत सात वर्षदेखि रत्नपार्कमा फुटपाथ पसल चलाउँदै आउनुभएकी सुकमेलीले थप्नुभयो,– “त्यसमा के छ मलाई थाहा छैन, तर हिजो संविधान आएपछि अब देशमा विकास हुने भयो भन्ने आशा भने पलाएको छ ।” संविधान आएपछि देश आर्थिक विकासको बाटोमा अगाडि बढ्नुका साथै आफ्ना छोराछोरीले पढेअनुसारको जागिर पाउनेमा समेत उहाँ आशावादी हुनुहुन्छ ।
अब संविधान आएपछि आफूहरूले सहज तरिकाले सडकमा पसल चलाउन पाउनुपर्ने र बन्द हड्ताल सदाका लागि बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।
रत्नपार्कमै फुटपाथ पसल चलाउँदै आउनुभएकी कौशिला कट्वालले पनि सुकमेली थामीले जस्तै संविधान आएपछि आफ्नो काम गरेर खान पाइयोस् भन्नुभयो ।
अनामनगर चोक नजिकै दैनिक मकै पोलेर बेच्दै आफ्नो गुजारा चलाउनु भएकी अमृता लाङ्घाली भने संविधान जनताको लागिभन्दा पनि नेताको स्वार्थपूर्तिका लागि ल्याइएको होकी भनी शङ्का गर्नुहुन्छ । “कागलाई बेल पाक्यो हर्ष न विस्मात, हामी गरिब दुःखीलाई संविधान आएर के हुन्छ र, तैपनि सबै नेपालीले संविधान पाएका छन् त्यसमा खुसी लागेको छ”– उहाँले भन्नुभयो ।

विगत २० वर्षदेखि ठमेल क्षेत्रमा व्यापार-व्यवसाय गर्दै आउनुभएका जुजु मानन्धर भने सबै दलका नेता मिलेर संविधान ल्याएपछि अबका दिनमा भने व्यापार-व्यवसाय राम्रो हुनेमा ढुक्क हुनुहुन्छ ।
त्यसैगरी, सुन्धारा क्षेत्रको सडक पेटीमा विगत लामो समयदेखि लुगा सिलाउँदै आउनुभएका कृष्ण परियारले दुःख गरेर खाने गरिबका पीडालाई संविधानले समेट्नुपर्ने बताउनुभयो । व्यापार÷व्यवसाय गर्नेका लागि सरकारले केही विशेष व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाइभन्दा बढी मतले बुधबार पारित गरेको थियो । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा पारित गरेको हो ।
सो विधेयक पारित भएसँगै नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको छ । सो विधेयक पारित भएसँगै जनताले ठाउँठाउँमा खुसियाली मनाउँदै आएका छन् ।
हाल संविधानसभामा तत्काल कायम रहेको ५९८ सङ्ख्यामध्ये विधेयकको पक्षमा ५०७ मत परेको थियो । विपक्षमा भने २५ मत परेको थियो । संविधानसभामा भएको मतदान प्रक्रियामा ५३२ सभासद्ले भाग लिनुभएको थियो ।
सुन्धारा नजिकै दैनिक सडक पेटीमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आउनुभएका दृष्टिविहीन धीरेन राईले आफूहरूको अधिकार सुनिश्चित नभए पनि मुलुकका लागि संविधान आउनु ठूलो कुरा भएको बताउनुभयो । अब दलका नेताहरू व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासका लागि लाग्नुपर्ने उहाँको भनाइ छ ।
विद्यार्थी सुमन सापकोटाले संविधान जारी भएसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर वैदेशिक रोजगारीका लागि कोही नेपाली विदेश जान नपर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो । “संविधान जारी हुने बित्तिकै खुसी व्यक्त गर्नुभन्दा पनि कार्यान्वयन हुनु मुख्य कुरा हो, त्यसैले कार्यान्वयनको पाटो राम्रो हुनुपर्छ”– उहाँले भन्नुभयो ।

विधेयक पारित भएपछि आज बिहानै अनामनगरको चिया पसलमा वृद्धवृद्धाको जमघटमा भेटिनुभएका ८० वर्षीय वृद्ध श्रीधर घिमिरेले इतिहासमा पहिलो पटक ज्येष्ठ नागरिकको हकलाई संविधानमै उल्लेख गरिएको भन्दै संविधान इतिहासको खासा संविधान भएको टिप्पणी गर्नुभयो ।
मौलिक हकअन्र्तगतको धारा ४१ मा ज्येष्ठ नागरिकको हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष मदनदास श्रेष्ठका अनुसार २०४७ सालको संविधान र अन्तरिम संविधान २०६३ मा समेत ज्येष्ठ नागरिकका बारेमा कहीँकतै उल्लेख गरिएको थिएन । “ऐन÷कानुन त बनेका छन् तर यसरी संविधानमा उल्लेख भएको पहिलो पटक हो” –उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । रासस