२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश व्यवस्थापन विधेयक पारित



अ+ अ-

विराटनगर, २६ भदौ : प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

सभामा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९९ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७४ मा प्राप्त संशोधनमाथि प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले छलफल गर्नुभएको थियो ।

आठ प्रदेशसभा सदस्यले सो विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गर्नुभएको थियो । संशोधित विधेयकलाई आर्थिक मामिलामन्त्री आङ्बोले स्वीकार गर्नुभएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले सोसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य शिवनारायण मण्डलले ऋण अनुदान विधेयक अलग्गै ल्याउनुपर्ने भनी बैठकमा आपत्ति जनाउनुभएको थियो । सदस्य राजन राईले सर्वोच्चता हासिल गरेको प्रदेशसभा समयानुकूल बन्न नसकेको बताउनुभयो ।

श्रव्यदृश्यको माग 

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा शून्य समयमा उहाँले यन्त्र र प्रविधिको युगमा प्रदेशसभाको बैठकमा श्रव्य र छायाङ्कनको व्यवस्था हुन नसक्नु दुःखलाग्दो बताउनुभयो ।

सदस्य सीता थेवेले प्राकृतिक प्रकोपका कारण पूर्वी पहाडी क्षेत्रमा भएको जनधन क्षतिमा प्रदेश सरकारले तत्काल राहत वितरण गर्नुपर्ने माग गर्नुभयो । सदस्य सूयर्माराज राईले मोरङ जिल्लामा नदीजन्य पदार्थ उत्खनन गर्न लागेको ठेक्कामा छानबिन समिति बनोस् भनी माग गर्नुभयो । उहाँले गत वर्ष १४ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न लागेको ठेक्का र यस वर्ष २७ लाख घनमिटर निकाल्न लागेको ठेक्काबारे सही छानबिन हुनुपर्छ भन्नुभयो । यस वर्ष बाढी नआएको र नदीमा धेरै गिटीबालुवा नथुप्रिएकाले ठेक्काका कारण नदी उत्खनन भई मानवबस्ती जोखिममा पर्न सक्ने औँल्याउनुभयो ।