९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितले १८ वर्षदेखि लालपुर्जा पाएनन्



अ+ अ-

कावासोती, २७ भदौ (रासस) ः विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो ।

विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । यस अघि विसं २०४५ र २०५० मा विस्थापितलाई पनि जिल्लाकै विभिन्न स्थानमा राखिएको छ ।

तर उनीहरुले पनि आफूले बसोबास गरेको जमीनको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
२०५७ मा विस्थापित साविक कोल्हुवा गाविस नन्दपुरका ९७ घर धुरीमध्ये ९४ घरपरिवारलाई कोल्हुवाटारमा राखियो । जिल्ला प्रशासनको नाममा दुई विगाह ६ कठ्ठा १२ धुरजग्गा खरीद गरी विस्थापितलाई राखिएकोमा यस स्थानमा बस्ने बाढी पीडितले भोगचलन गर्दै आएको प्रशासनले दिएका जग्गा आफ्नो नाममा दर्ताका लागि विसं २०५८ देखि आवाज उठाउँदै आएका छन् ।

तर उनीहरुका आवाज अझै सुनुवाइ भएको छैन । विसं २०५८ पुस २६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुराज कुसुमको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले प्रशासनको नाममा जग्गा खरीद गर्ने निर्णय गरेको थियो ।
प्रशासनले खरीद गरेको जग्गामा बसोबास गर्दै आएकाहरुको नाममा जग्गा दर्ता गर्न विसं २०६९ चैत्र ४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले गृहमन्त्रालय विपद् व्यवस्थापन शाखाका लागि निवेदन लेखेको भए पनि त्यस यता गृहमन्त्रालयबाट बाढीपीडितको नाममा जग्गा दर्ताका लागि कुनै पहल नभएको भूमि अधिकार मञ्च नवलपरासीका अध्यक्ष पुर्णबहादुर बोहराले बताउनुभयो ।