३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

दर्ता नभएको औषधि बिक्री गर्ने पक्राउ

दर्ता नभएको औषधि बिक्री गर्ने पक्राउ
अ+ अ-

गोरखा, २७ भदौ (रासस) ः औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित रफियावाद कलसाहजारापुर स्थायी घर भएका ३२ वर्षीय ररबर मोहमद, २६ वर्षीय रफी मोहमद र २३ वर्षीय जान मोहमद रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

उनीहरुले कम्मर दुखेको, खुट्टा दुखेको, पिनास, टाउको दुखेको औषधि भन्दै अवैध औषधि सर्वसाधारणलाई बिक्री गर्दै हिँडेका थिए । पक्राउ परेका तीनैजनाको साथबाट धतुरेको तेल, खुजुलीको औषधि, भियग्रा, पाइल्सका औषधिलगायतका औषधि भनिएका तेल, ट्याब्लेटलगायत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिनुभयो । बरामद गरिएका २४ थान झोल पदार्थ, १० थान ट्याब्लेट, १० वटा बट्टामा रहेका विभिन्न औषधिमा कुनैमा पनि ब्याच, नम्बर उल्लेख नभएको, लेभल नभएको तथा उत्पादन र प्रयोग गर्ने अवधिसमेत उल्लेख नभएको पाइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीले विभिन्न प्रकारका केमिकल मिसिएको हुन सक्ने प्रहरी प्रमुख नेपालले जानकारी दिनुभयो । उनीहरुले सर्वसाधारण झुक्याउँदै ती सामग्री महँगो बेच्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।